काठमाडौं, ११ वैशाख
ग्लोबल आइएमई बैंकले चौथो केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगितालाई सह–प्रायोजन सहयोग गरेको छ ।
आगामी बैशाख तेस्रो साताबाट शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा सुरु हुने चौथो केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगितालाई उक्त बैंकले प्रतियागिताको लागि २ लाखको प्रायोजन गरेको हो । सम्झौतापत्रमा प्रतिष्ठानकी संरक्षक गमली खड्का र बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेलले हस्ताक्षर गरे।
सम्झौता बमोजिम बैंकले प्रतियोगिताको यस संस्करणका लागि २ लाख नगद सहयोग गर्नेछ। सम्झौतापत्रमा हस्ताक्षर पश्चात बैंकका प्रमुख कार्यकारी अधिकृत पौडेलले बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत प्रतियोगितालाई सहयोग गरेको बताए।
प्रतियोगिता बैशाख २१ देखि २५ गतेसम्म राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछ। प्रतियोगिताको मुख्य प्रायोजकमा केएनपीले गरेको छ। प्रतियोगितामा तीन विभागीय टोलीसहित न्यु डायमण्ड एकेडेमी, पश्चिमाञ्चल भलिबल टोली र जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको सहभागिता रहने आयोजकले जनाएको छ। प्रतियोगिताको विजेताले १ लाख ५० हजार, उपविजेताले १ लाख र तेस्रो हुने टोलीले ५० हजार पुरस्कार पाउनेछन्। त्यस्तै उत्कृष्ट खेलाडीले १० हजार र विधागततर्फ उत्कृष्ट ७ जनाले जनही ५ हजार पुरस्कार पाउनेछन्। प्रतियोगिताको वजेट १८ लाख रहेको छ।