हेर्नुहोस् कस्तो प्रकारको नाकको आकार भएको व्यक्तिको बानी, गुण र भविष्य कस्तो हुन्छ, विस्तारमा। पत्ता लगाउने तरिका सहित :
१. जुन व्यक्तिको नाक सुरुदेखि अन्तसम्म सिधा आकारको हुन्छ, त्यस्ता व्यक्तिहरु बुद्धिमानी र अरुको लागि प्रेरणाको स्रोत हुने गर्दछन्। साथै यस्ता व्यक्तिहरु दक्ष र आफ्नो मनका कुरा अरुसंग खोल्न सक्ने खालका हुन्छन्।
२. जुन व्यक्तिको नाकको आकार बीचमा अलिकति उठेको र बीचदेखि टुप्पो सम्म बराबर छ, त्यस्तो व्यक्ति धैर्यताका साथ काम नगरी छिट्टै निर्णय लिने प्रवृतिका हुन्छन्। यिनीहरुसंग नेतृत्व गर्ने क्षमता धेरै हुन्छन्। त्यस्तै उनीहरुमा सफल नेतृत्व गर्ने गुण हुन्छ र रिस पनि कम उठ्ने खालका हुन्छन्।
३. जुन व्यक्तिको नाकको बीच भागमा थोरै खाल्डो छ र थोरै टुप्पोतिरको भाग घुमेको छ, त्यस्ता व्यक्तिहरु निकै सकारात्मक सोंच्ने खालका हुन्छन्। उनीहरु कोमल, भावुक र अरुका दुख देख्न नसक्ने खालका हुन्छन्।
४. जुन त्यक्तिको नाकको टुप्पोको भागमा अलिकति खाल्डो भएको छ, त्यस्ता व्यक्तिहरुको स्वभाव रिस उठेको बेला निकै डर लाग्दो खालको हुने गर्दछ। उनीहरु रिसाएको बेला केहि प्रतिक्रिया नजनाएकै बेस हुन्छ। तर यस्ता व्यक्तिहरु अरुको सहयोगको लागि जहिल्यै पनि तयार हुन्छन्।
५. जुन व्यक्तिको नाकको आकार चौडा आकारको हुन्छ, त्यस्ता व्यक्तिहरु जस्तो सुकै समस्याको पनि समाधान गर्ने प्रवृतिको हुन्छन्। साथै उनीहरु विभिन्न ज्ञान तथा सम्पूर्ण सूचनाहरुबारे जानकारी राख्ने खालका हुन्छन्। त्यसैगरी यस्ता व्यक्तिहरु सामान्य जीवन बिताउने र सामाजिक कार्यमा पनि निकै सक्रिय रहने प्रवृतिका हुन्छन्।
६. जुन व्यक्तिको नाकको आकार लामो हुन्छन्, त्यस्ता मानिसहरुलाई कसैले दबाएर राख्न सक्दैनन्। यदि यिनीहरुलाई केहि काम गराउनु छ भने उनीहरुलाई प्राथमिकता दिनु आवश्यक छ। त्यस्तै उनीहरु स्वतन्त्र जीवन जिउने र सामाजिक कार्यमा निकै सक्रिय हुने खालका हुन्छन्।
७. जुन व्यक्तिको नाकको आकार लामो तथा चौडा आकारको हुन्छ, यस्ता व्यक्तिहरुको अन्तर्यामी क्षमता अत्यन्तै अचम्मको हुने गर्दछ। उनीहरुले व्यापार गरेमा सफल व्यवसायी बन्न सक्छन्। त्यसै गरि यस्ता व्यक्तिहरु जस्तो सुकै समस्यालाई पनि सजिलै समाधान गर्न सक्ने खालका हुन्छन्।