लण्डन,११ वैशाख
वेस्ट इण्डिजको सामना गर्ने विश्व ११ टोलीमा अफगानिस्तानका लेग स्पिनर राशिद खान पनि समावेश भएका छन्। इङ्ल्याण्डको लर्डस मैदानमा विश्व ११ र वेस्ट इन्डिज टोली च्यारिटी म्याच खेल्दै छन्।
र्मा र मारिया नाम दिईएको हुरिकेन (आंधिबेरी) ले गतवर्ष वेस्ट इन्डिजमा भत्केको क्रिकेट संरचनाको पुनर्निर्माण गर्ने उद्देश्य सहित मे ३१ मा उक्त खेल हुँदैछ। विश्व क्रिकेटका चर्चित अनुहारले भरिएको विश्व ११ ले वेस्ट इन्डिज टोलीको सामना गर्नेछ।
राशिद सँगै बंगलादेशका स्टार अलराउनडर शकिब अल हसन पनि उक्त टोलीबाट खेल्ने भएका छन्। त्यस्तै पाकिस्तानका विष्फोटक ब्याट्सम्यान शाहिद अफ्रिदी, शोहेब मलिक र श्रीलंकाका थिसारा परेरा यसअघि नै खेल्ने सार्वजनिक भएको थियो। विश्व ११ को कप्तानी इङ्लिस ब्याट्सम्यान इओन मोर्गानले सम्हाले छन्। अन्य सदस्य भने सार्वजनिक हुन बाँकी छ।
वेस्ट इन्डिज कार्लोस ब्राथवेटको कप्तानीमा रहनेछ। डोपिङका कारण १ वर्षयता मैदान बाहिर रहेका एन्ड्रे रसल यस खेलबाट पुनरागमन गर्नेछन्। – (एजेन्सी)