नेपाली विद्यार्थीलाई अष्ट्रेलियामा सहयोग चाहिएमा कसलाई भन्ने ?



मेलबर्न , १२ वैशाख

अष्ट्रेलिया आउने नयाँ विद्यार्थीहरुको सहयोगको लागि यहाँ विभिन्न सहयोगी माध्यमहरु हुन्छन् । यहाँ सहयोग लिन सकिने केहि माध्यमहरुको चर्चा गरिएको छ ।

अष्ट्रेलियाका विभिन्न राज्यमा विद्यार्थीहरुको लागि हटलाईन सेवा हुन्छ । कुनै पनि समस्या पर्दा यस मार्फत सेवा लिन सकिन्छ । हटलाईन नम्बरमा कल गर्दा आफ्नो नाम, कुनै पनि व्यक्तिगत विवरण दिनु अनिवार्य हुँदैन ।

विद्यार्थीहरुको सहयोगको लागि अष्ट्रेलियामा रहेका विभिन्न सेवा प्रदायकबाट अष्ट्रेलियाको जीवनशैली, पर्यटकीय स्थल, विद्यार्थी भिसा सुविधा, बसाई, ब्याङ्किङ्ग आदिको बारेमा बुझ्न सकिन्छ ।

आफूले पढ्न लागेको शैक्षिक संस्थाले दिने ओरेन्टेसन कार्यक्रम मार्फत आवश्यक परामर्श लिन सकिन्छ। शैक्षिक संस्थामा ओरेन्टेसन कार्यक्रम सामान्यत: सेमेस्टर सुरु हुनभन्दा दुई हप्ता अगाडी दिने गरिन्छ ।

शैक्षिक संस्थाहरुमा पुराना विद्यार्थीहरुको समूह वा मेन्टरको रुपमा सिनियर विद्यार्थी रहेका हुन्छन् जसले नयाँ विद्यार्थीहरुलाई सहयोग र शैक्षिक संस्थामा घुलमिल हुने वातावरणको निर्माण गर्छन् ।

अंग्रेजी भाषा सिकाईको लागि विभिन्न संस्थाहरुमा अंग्रेजी भाषा सिकाईको लागि समूहगत कार्यक्रमहरु संचालन गरिएका हुन्छन् ।

विद्यार्थी लक्षित संस्थाहरुमा होमसिक, डिप्रेसन आदिबाट तनाव महसुस गरेका विद्यार्थीहरुको लागि परामर्श सेवाहरु हुने गर्छन् ।

नेपाली विद्यार्थीहरुले विभिन्न नेपाली सामुदायिक समूह वा संस्थाहरु जस्तै, एनआरएनए , प्रवासी संघ, विभिन्न जिल्लाको समूहहरु, नेपाली कन्सल्टेन्सीहरु आदिबाट समेत आवश्यक सहयोग लिन सक्छन् ।

प्रतिक्रिया दिनुहोस्