रोग निको हुने चमत्कारी गुफा, जहाँ भित्र छिरेपछि… (भिडियो सहित)



एक्काइसौं शताब्दीको अहिलेको युगमा गुफा छिरेर रोग निको हुन्छन् भनेर भन्यो भने मूर्ख ठान्छन् । अस्पतालमा गएर डाक्टरसँग उपचार गराउनु नै उपचारको एकमात्र विकल्प हो भन्ने ठानिन्छ अहिले ।

तर कहिलेकाहीँ अस्पताल गएर जति उपचार गराउँदा पनि रोग निको नभएपछि मानिसले चित्त बुझाउनका लागि अनेक उपाय गर्ने गर्दछन् । सायद यो गुफाभित्र छिर्नु पनि एउटा यस्तै उपाय हो ।

अष्ट्रियामा एउटा यस्तो गुफा फेला परेको छ जुन गुफा भित्र छिरिसकेपछि गम्भीर रोगव्याधी पनि आफैं निको हुन्छ भन्ने मान्यता छ ।

वास्तवमा यसको एक वैज्ञानिक कारण पनि छ । यो गुफाभित्र एउटा विशेष ग्यास पाइन्छ । उक्त ग्यासले मानिसको शरीरमा रहेका विभिन्न रोग निको बनाउने विश्वास गरिन्छ ।

अष्ट्रियाको गस्टिनमा छ यो गुफा । सुनखानीको खोजी गर्ने क्रममा उक्त गुफा फेला परेको थियो । अहिले गुफामा प्राकृतिक उपचारका लागि मानिसहरु युरोपका विभिन्न देशबाट आउने गरेका छन् ।

यो गुफामा पाइने ग्यास रेडन ग्यास हो । जसबाट विभिन्न रोगको उपचार सम्भव छ । यो एक विकिरणजन्य ग्यास हो । यसले गुफाको उष्ण वातावरणमा कैयन् रोगहरुमाथि गहिरो प्रभाव देखाउँदछ ।

बाथ तथा पसोरिएसिस जस्ता रोगको उपचारका लागि यो गुफा निकै लाभदायी रहेको अनुभव मानिसहरुको छ ।

मानिसहरु यो गुफाभित्र छिरेर जिउ अर्धनग्न बनाएर मज्जाले बस्ने तथा सुत्ने गरिरहेका हुन्छन् ता की शरीरमा उक्त ग्यासले मज्जाले प्रभाव जमाउन सकोस् र जीउभित्रका रोग मेटाओस् ।

प्रतिक्रिया दिनुहोस्