काठमाडौं १४ वैशाख: फेसबुक म्यासेन्जरमा नयाँ म्यासेज आएको देख्नेबित्तिकै उनको मुख रातै भयो । स्कुलदेखि सँगै पढेको केटा साथीको म्यासेज पाउँदा उनी खुसी त भइन् तर पढेर तत्काल डिलिट गरिन् ।
‘श्रीमानले केटाहरूको म्यासेज आएको मन पराउनुहुन्न,’ उनले सुनाइन्, ‘यही निहुँमा हप्तौँसम्म झगडा चलिरहन्छ, त्यसैले म्यासेज हेर्नासाथ डिलिट गरिहाल्छु ।’
कोटेश्वर बस्ने उनी ५ वर्षदेखि श्रीमानको निगरानीमा छिन् । पहिले उनी यसलाई आफूप्रतिको माया र ‘केयर’ सम्झिन्थिन् । अहिले त्यही व्यवहारले दिक्क हुन थालेकी छन् ।
‘छिट्टै डिभोर्स गर्छुहोला,’ फाइनान्सकी जागिरे उनले भनिन्, ‘व्यक्तिगत हस्तक्षेपले मानसिक यातना हुँदोरहेछ ।’
स्वतन्त्र भएर बाँच्ने चाहनाको विकल्पका रूपमा पति–पत्नी दुवैले सम्बन्धबिच्छेद रोज्न थालेका छन् । यस्ता उदाहरण अचेल प्रशस्त भेटिन्छन्। यो समाचार आजको कान्तिपुरले छापेको छ ।