मेस्सी भन्दा पछाडि रोनाल्डो



बार्सिलोना,  १४ वैशाख

कमाईको ममलामा बार्सिलोनाका स्टार लियोन मेस्सीले रियल म्याड्रिडका स्टार क्रिस्टियानो रोनाल्डोलाई पछि पारेका छन् । फुटबलमा एक वर्षमा सर्वाधिक कमाउनेको सुचिमा शीर्षस्थानमा रहेका मेस्सीले पारिश्रमिक, बोनस र प्रायोजक सम्झौताबाट एक वर्षमा १ सय १० मिलियन पाउन्ड कमाइ गरेका छन् ।

३० वर्षे मेस्सी एक वर्षमा १ सय मिलियन पाउन्ड कमाई गर्ने पहिलो फुटबल खेलाडी बनेका छन् । वार्षिक रुपमा बढी कमाउने खेलाडीमा रोनाल्डो दोस्रो स्थानमा रहेका छन् । उनले एक वर्षमा ८२ मिलियन पाउन्ड कमाएका छन् ।

तेस्रो कमाई गर्नेमा नेयमार छन् । बार्सिलोनाका पूर्व स्टारले वर्षेमा ७१ मिलियन पाउन्ड आम्दानी गरेका छन् । उनी विश्व कीर्तिमानी रकममा बार्सिलोनाबाट पेरिस सेन्ट जर्मेन (पिएसजी) पुगेका थिए ।

रियलकै गेराथ बेल बढी कमाई गर्ने खेलाडीको सुचिमा चौथो स्थानमा छन् । उनले ३९ मिलियन पाउन्ड कमाई गरेका छन् । पाँचौं स्थानमा बार्सिलोनाका जेरार्ड पिके छन् । उनले पारिश्रमिक र प्रायोजनबाट २५ मिलियन पाउन्ड कमाएका छन् ।

प्रशिक्षकहरुतर्फ बढी कमाउनेमा म्यानचेस्टर युनाइटेडका जोसे माउरिन्हो रहेका छन् । उनले यो वर्ष २३ मिलियन पाउन्ड कमाई गरेका छन् । चीनमा रहेका मार्सेलो लिप्पीले २० मिलियन पाउन्ड आम्दानी गर्दा एट्लेटिको म्याड्रिडका डिएगो सिम्वानले १९ मिलियन डलर पाउन्ड आम्दानी गरेका छन् ।

रियलका प्रशिक्षक जिनेदिन जिदानले यो वर्ष १८ मिलियन पाउन्ड कमाई गर्दा प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीका पेप ग्वार्डिओलाले १७.५ मिलियन पाउन्ड कमाई गरेका छन् । -(एजेन्सी)

प्रतिक्रिया दिनुहोस्