एमाले-माओवादी एकता अन्योलमा



काठमाडौं १५ वैशाख: वाम एकतामा परिरहेको अल्झन खुलाउन एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले शुक्रबारबाट पुन छलफल थालेका छन् । कम्युनिस्ट पार्टी स्थापना दिवसको दिन पारेर पार्टी एकता घोषणा गर्ने तयारी सफल नभएपछि दुई नेता छलफलमा जुटेका हुन् । दुई नेताबीच झन्डै साढे दुई घण्टा एक्लाएक्लै बालुवाटारमा कुराकानी भएको थियो ।

k|wfgdGqL cf]nL / cWoIf bfxfn
g]kfn sDo’lgi6 kf6L{sf] ^( cf}+ :yfkgf lbj;sf] cj;/df cfOtaf/ sf7df8f}Fdf kf6L{ Pstf ;+of]hg ;ldltn] cfof]hgf u/]sf] sfo{qmddf ;xefuL x’g’ePsf k|wfgdGqL s]kL zdf{ cf]nL / g]skf -dfcf]jfbL s]Gb|_ sf cWoIf k’iksdn bfxfn …k|r08Ú . t:jL/ M gjLg kf}8]n, /f;;

स्रोतका अनुसार एकीकरणलाई अल्झाइरहेका धेरै विषय मिल्ने दिशातर्फ उन्मुख भएको छ । दुई दलबीच एकीकृत पार्टीको केन्द्रीय समितिमा कुन पक्षका कति जना रहने र महाधिवेशनपछि पनि कसको भूमिका के हुने भन्ने विवाद छ । यही विवादको छिनोफानो नहुँदा वैशाख ९ मा एकता हुन सकेको थिएन । पार्टी एकतासम्बन्धी कार्यदलले २ सय ९९ सदस्यीय केन्द्रीय समिति बनाउने प्रस्ताव गरेको छ । त्यसमा एमालेले विगतमा गरेको बाँडफाँटकै आधारमा केन्द्रीय समितिको हिस्सेदारी पनि टुंग्याउनुपर्ने धारणा राख्दै आएको छ ।

माओवादीले भने बराबरीको सिद्धान्तअनुसार हिस्सेदारी हुनुपर्ने अडान राखेको छ । यही विवाद मिलाउन केन्द्रीय समितिको संख्या नै बढाउने कि भन्ने हिसाबले दुई दलबीच कुराकानी सुरु भएको छ । महाधिवेशन सहमतिमा गर्ने, तर नेतृत्व कसको हुने भन्नेमा पनि विवाद छ । महाधिवेशनपछिको नेतृत्व पाउने सुनिश्चितता माओवादीले अहिले नै खोजेको छ ।

तर महाधिवेशनले गर्ने निर्णयलाई अहिले नै निर्धारित गर्न नमिल्ने एमाले पक्षको भनाइ छ । यही विवादको निरूपण केही दिनभित्रै गरेर एकता टुंग्याउने ढंगले शुक्रबारदेखि दुई नेता छलफलमा बसेका हुन् । यही वैशाख २२ गते कार्ल माक्र्सको २०० औं जन्मजयन्तीसमेत परेकाले त्यो मितिमा एकता टुंग्याउन सकिन्छ कि भन्ने विषयमा दुई दलबीच छलफल भइरहेको छ । यो समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।

प्रतिक्रिया दिनुहोस्