१९ वर्षको कार्यकर्ता र ३६ वर्षको नेता भएको पार्टीले पंचायत ढालेका हौ : योगेश भट्टराई



काठमाडौं, १६ वैशाख/ एटम शर्मा

१९ वर्षको कार्यकर्ता र ३६ वर्षको नेता भएको पार्टीले तत्कालिन पंचायत ढालेको नेकपा एमालेका सचिव योगेश भट्टराईले बताएका छन् ।

हिजो शनिबार एमाले केन्द्रीय कार्यालय धुम्बाराहीमा एमाले भोजपुर काठमाडौं सम्पर्क मंचद्वारा आयोजित नववर्ष २०७५ को शुभकामना आदानप्रदान तथा भित्तेपात्रो सार्वजानिक कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित भट्टराईले उक्त कुरा बताएका हुन्  ।

जतिबेला तेस्तो निरंकुस पंचायतलाई ढाल्ने तागत भएको कम्युनिष्टका नेताहरु मदन भण्डारी , जीवराज आश्रित, माधब नेपाल, झलनाथ खनाल, केपी ओली  लगायत ऐलेका समकालीन नेताहरुको उमेर ३५ /३६ बर्षको मात्रै रहेको थियो ।  त्यतिबेला  उहाहरुको अपिललाई आत्मासात गर्दै पंचायत ढाल्ने आन्दोलनमा होमिने हामि नै हौ र त्यतीबेला हाम्रो उमेर भनेको तेस्तै १९/२० वर्षको मात्रै थियो भट्टराईले प्रष्टाए ।

२०१८ साल पछी नेपालमा कम्युनिष्ट आन्दोलान छेतबिच्छेद  जस्तै थियो तेसैले त्यसपछि  एकताबद्दा गरन सुरु गरेका थियौ । २०५४ सालको दुखद विभाजनलाई बिर्सिने हो भने एमालेले सधै एकता गर्दै आइरहेको र झन्डै बिभिन्न ४० पार्टीहरुलाई एकता गर्दै आजको बिशाल एमाले बनाउन सफल भएको अनुभूति  हामीमा छ उहाले हौसिदै सुनाए ।

माले माक्सवादी विचको एकता ऐले सम्मको ठुलो र बढी प्रभाब छाड्न सफल एकता भएको भन्दै अब हुने एमाले र माओवादी बिचको एकता अन्तराष्ट्रिय रुपमै चर्चा र सन्देश बोक्ने एकता हुने छ । अबको एकता कसैले चाहेर पनि रोक्न र छेक्न नसक्ने नेता भट्टराईले बताए ।

उक्त कार्यक्रमा किरातहरुको उभौली साकेलाको अवसर पारेर चन्डिनाच समेत नचाइएको थियो जहाँ भट्टराई आफैले ढोल बजाएर केहीबेर नाचेका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस्