नेपाली खेलाडी विक्रम थापा जापानी बाईकरलाई हराउँदै विजयी (भिडियो)



टोकियो, १६ वैशाख

नेपालका विक्रम थापा जापानको टि के रेण्टल बाईक सिरिजमा प्रथम भएका छन्।

थाईल्याण्डमा सम्पन्न भएको एशिया रोड रेसिंग च्याम्पियनसिप अन्र्तगतको सुजिकी एशियन च्यालेन्जमा भाग लिने पहिलो नेपाली बाईक रेसर  विक्रमले उक्त सफलता हात पारेका हुन् ।

जापानमा यही मार्च २५ तारिखमा सम्पन्न जापानी बाईक रेसिंग प्रतिस्पर्धामा विभिन्न देशका बाईक रेसिंगमा प्रथम भएका सहित जापानका व्यवसायिक बाईक रेसरहरुको प्रतिस्पर्धाबाट विक्रम छनौटमा परे।

एशिया रोड रेसिंग च्याम्पियनसिपको सुजिकी एशियन च्यालेन्जबारे बताउँदै बिक्रमले भने नेपाल, जापान, थाइल्याण्ड, भारत, मलेसिया लगायत १० देशका टप बाईक रेसर सहित १८ जना प्रतिस्पर्धीबाट समग्रमा १५ औं स्थान लिन सफल भएका हुन्।

जसको पाँच वटा देशमा ६ राउण्डमा हुने रेसिंग एक राउण्डमा दुईपटक प्रतिस्पर्धा भएको थियो।

प्रतिक्रिया दिनुहोस्