काठमाडौं १७ वैशाख: नेपाल ल्याउने ५२ कन्टेनर सामान बोकेर भारतको कोलकतास्थित बन्दरगाहबाट ५ दिनअघि गुडेको मालवाहक रेल आइतबार नेपाली सीमानजिक आइपुगेको छ ।जोगबनी नाकाभन्दा करिब ६ किलोमिटर दक्षिण भारतको बथनाहा स्टेसनसम्म रेल आइपुगेको हो ।
त्यसमा ढुवानी गरिएको सामान अब कम समयमै नेपाली आयातकर्ताको उधोग र प्रतिष्ठानसम्म पुुर्याउन सहज हुनेछ । यसअघि भारतीय साना ढुवानीका साधनमार्फत औधोगिक कच्चा पदार्थ र ट्रेडिङका सामान ल्याउने गरिएकामा अव सिधै रेलबाटै ल्याउने बाटो खुलेको हो ।, यो समाचार आजको कान्तिपुरले छापेको छ ।