काठमाडौं, १६ बैशाख २०७५
सांसद विकास कोष र नारी जागृति समाजको संयुक्त आयोजना र हेम्स हस्पिटलको प्राविधिक सहयोगमा एक दिने नि:शुल्क स्वास्थ्य शिविर बैशाख १५ गते शनिवार त्रि-ज्योति स्कूलमा सम्पन्न भएको छ ।
शिविरमा सामान्य चेकजाँच, स्त्रीरोग विशेषज्ञ सेवा, हाडजोर्नी विशेषज्ञ सेवा, नाक, कान, घाँटी लगायतका सेवाबाट ४०० भन्दा बढी विरामी लाभान्वित भएको संस्थाकी अध्यक्ष कान्ता दाहालले बताईन ।
कार्यक्रममा प्रमुख अतिथि संघीय सांसद गगन थापा, विशिष्ट अतिथि वडा नं. १२ का वडा अध्यक्ष शम्भु प्रसाद भट्टराई, अतिथिहरुमा नारी संजालकी अध्यक्ष शारदा आचार्य, हेम्स हस्पिटलका अध्यक्ष आर.एस. भण्डारी, त्रि-ज्योति स्कुलका प्रिन्सिपल भगवान भण्डारी रहेको आयोजकले बताएका छन् ।
प्रमुख अतिथि गगन थापाले स्वास्थ्य विमा सम्बन्धि कानून बनेको हुनाले अब छिट्टै देशभरी लागु हुने जानकारी दिए । वडा अध्यक्ष शम्भु भट्टराईले स्वास्थ्य प्रति सचेत रहन अनुरोध गर्दै आगामी दिनमा हुने रचनात्मक कार्यक्रममा वडा कार्यालयले सधैं सहयोग गर्ने बताए ।