बुद्धजयन्तीको खर्च साढे ६ करोड



काठमाडौं १८ वैशाख: अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा बुद्धजयन्तीमा साढे ६ करोड खर्च भएको छ । विगत वर्षहरूमा ५० देखि ७० लाखसम्म खर्चमा हुने गरेको थियो । तीन हजार क्षमताको अस्थायी सभाहल निर्माण गर्नका लागि कोषले चार करोड रुपैयाँ खर्च गरेको छ भने अन्य कार्यक्रमका लागि दुई करोड पचास लाख खर्च गरेको छ । दुईदिने अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनसमेत भएकाले यसपटक बढी खर्च भएको लुम्बिनी विकास कोषले जनाएको छ ।

बुद्धजयन्ती मंगलबार समापन हुने भएको छ । बौद्ध धर्मग्रन्थअनुसार लुम्बिनीमा जन्मिएका बुद्धलाई अर्को दिन तिलौराकोट दरबार लगिएको थियो । सोही परम्परालाई कायम राख्दै लुम्बिनी विकास कोषले सोमबार विभिन्न तामझामका साथ २५६२औँ बुद्धजयन्ती मनायो । मंगलबार लिटिल बुद्धलाई सझाएर लुम्बिनीदेखि कपिलवस्तुको तिलौराकोट दरबारसम्म विभिन्न झाँकीका साथ दरबारमा भिœयाएर बुद्धजयन्तीको समापन गरिने लुम्बिनी विकास कोषले जनाएको छ । यो समाचार आजको नयाँ पत्रिकाले छापेको छ ।

प्रतिक्रिया दिनुहोस्