काठमाडौं १८ वैशाख: नेकपा एमाले र नेकपा माओवादी केन्द्रबिचको एकीकरण प्रक्रियाप्रति आशावादी समुदायले गएको लेनिन जयन्ती एवं कम्युनिस्ट पार्टी स्थापना दिवसले पनि उत्साहको खबर सञ्चार गर्न सकेन ।
त्यसपछिका दिनमा विकसित घटनाक्रमबाट पनि पार्टी एकता पक्षधर पङ्क्तिमा आशा जगाउने स्थित छैन । अबर कतै यी दुई दल झन् टाढिने पो हुन् कि भन्ने चिन्ता कार्यकर्ता पङ्क्तिमा छाएको छ ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब मिति नतोकी ड्याम्मै यदाको घोषणा गर्ने उद्घोषले एकता अन्योलमा परेको छ । दुई पार्टी एकताका सम्पूर्ण प्रक्रिया टुंगिसकेको अवस्थामा एकता गर्न प्रचण्डलाई के कुराले छेक्यो भन्ने प्रश्न पनि उठेको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओली र प्रचण्डको वा अन वा हरेक बैठकमा प्रचण्ड सहमतिमा पुगे पनि बैकबाट बाहिरिने बित्तिकै अन्योल खडा भएको हो । यो समाचार दृष्टि साप्ताहिकले छापेको छ ।