काठमाडौं १८ वैशाख: मुस्ताङ दरबारको पुनर्निर्माणमा राज्यले चासो नदिँदा गैरसरकारी संस्थाले निर्माणमा हात हालेको समाचार छापेको छ ।
झन्डै ६ सय वर्ष पुरानो यो ऐतिहासिक दरबारको बाहिरी भाग एउटा गैरसरकारी संस्थाले आफूखुसी पुनर्निर्माण गदैछ । राज्यका कुनै पनि आधिकारिक निकायलाई थाहै नदिई भइरहेको यस्तो पुनर्निर्माणले दरबारको मौलिकता नै जोखिममा पारिरहेको छ ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले पनि दरबारको पुनर्निर्माण विषयमा आफूहरूलाई कुनै जानकारी नभएको र कुनै पनि संस्थाले यसको अनुमति नलिएको बताएको छ ।
राजतन्त्रको अन्त्यपछि पर्यटकका नजरमा मात्र सीमित यो दरबार हेरचाहका लागि सरकारले कसैलाई खटाएको छैन । पुरातत्व विभाग पनि दरबारका विषयमा अनविज्ञ छ । हिमाल एसिया कल्चरल हेरिटेज एन्ड एजुकेसन फाउन्डेसन नामको संस्थाले मनखुसी तरिकाले दरबारको पुनर्निर्माण थालेको हो । यो समाचार आजको अन्नपूर्ण पोष्टले छापेको छ ।