काठमाडौं १९ वैशाख: एप्पल कम्पनीले भर्ना प्रक्रिया गर्दा नेपाली कामदारले अनावश्यक शुल्क बुझाउनुपरेको भन्दै म्यानपावर कम्पनीमाथि नेपालै आएर अनुसन्धान गरेका छन् ।
आफ्नो कम्पनीका लागि काम गर्न मलेसिया र दुबई पुग्ने नेपाली कामदार शुल्क बुझाउन बाध्य भएकाले यसलाई अन्त्य गर्नका लागि एप्पलको मुख्यालयले उच्चस्तरको अनुसन्धान टोलीलाई नेपाल पठाएको हो । टोलीले म्यानपावर, एजेन्ट, अधिकारवादी र कामदारसँग अध्ययन गरी फर्केको छ ।
‘हामीले कामदार आपूर्ति गर्दा कामदारको घरदेखि कम्पनीसम्म आउन लाग्ने खर्च तिरेका हुन्छौं । कामदारसँग कुनै खालको सेवा शुल्कसमेत म्यानपावर र एजेन्टसँग कुनै खालको सेवा शुल्कसमेत म्यानपावररएजेन्टले लिन पाइँदैन,’ ‘म्यानपावरले कामदारसँग पनि सेवा शुल्क लिएर दोहोरो फाइदा लिए ।’
एप्पलले एकजना कामदार पठाएबापत एजेन्ट शुल्कसहित म्यानपावरलाई करिब तीन सय डलर दिने गरेको छ ।
एप्पलले मोबाइल र ल्यापटपलगायत विद्युतीय सामग्री बनाउनका लागि मलेसिया र दुबईका कम्पनीलाई ठेक्का दिएको छ । ती कम्पनीमा झन्डै दुई हजार नेपाली कार्यरत छन् । यो समाचार आजको कान्तिपुरले छापेको छ ।