सुनसरी, १९ वैशाख/ कल्पना कार्की
सुनसरी सृजनसिल परिवार नेपाल र महेन्द्रनगर सुनसरी सेवा समाज दोहा कतारले संयुक्त रुपमा वाल सेवा आधारभूत विद्यालयलाई नगद ५० हजार र कम्युटर वितरण गरेको छ ।
वराहक्षेत्र नगरपालिका ६ स्थित चिलौया टापुमा रहेको उक्त विद्यालयको आवश्यकतालाई मध्यनजर गर्दै भौतिक पूर्वाधार बिकासको निम्ति सृजनसिल परिवारले नगद ५० हजार सेवा समाजले एउटा कम्युटर वितरण गरेको हो ।
बिगतको वर्षहरुमा पनि यी सस्थाहरुले विद्यार्थीहरुलाई शैशिक सामग्री वितरण गरेर हौसला बढाउदै आएको विद्यालयकी प्रा.अ. कुमारी राईले बताइन ।
त्यस्तै वराहक्षेत्र न.पा ३ मा जाल्पा आधारभूत विद्यालयलाई पनि नगद १० हजार र २०० थान कापी र १५० थान कलम वितरण गरेका छन् । शैशिक सामाग्री बितारण गरेर बिद्यार्थीहरुलाई उत्साहित बनाउने जमर्को गरेको सृजनसिल परिवारका सचिव कैलाश कार्की बताउछन ।