प्रेस स्वतन्त्रता दिवसमा प्रभातफेरि



विराटनगर, २० वैशाख

विश्व प्रेस स्वतन्त्रता (मे ३) दिवसको उपलक्ष्यमा आज यहाँ प्रभातफेरिको आयोजना गरियो ।

नेपाल पत्रकार महासंघ मोरङद्वारा आयोजित उक्त प्रभातफेरि नगरको मुख्य मुख्य भागको परिक्रमा पश्चात कोण सभामा परिणत भएको थियो ।

उक्त प्रभातफेरीमा सञ्चारकर्मी, विभिन्न मानवअधिकारवादी संघसंस्थाका प्रतिनिधि र नागरिक समाजका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

उक्त अवसरमा विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले  समाजलाई सुसूचित गर्ने सञ्चारकर्मीको वृत्ति विकासमा महानगरपालिका सदैव सहयोगी हुने बताउनुभयो ।

महासंघका मोरङ कार्यबाहक अध्यक्ष कुमोद अधिकारीको सभापतित्वमा भएको उक्त कार्यक्रममा  सञ्चारकर्मी विवेक गौतम, विक्रम लुइँटेल  र श्यामसुन्दर सुतियारले समाचार संकलनको क्रममा भोग्नु परेको कठिनाइका सम्बन्धमा चर्चा गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्