नेपाल जापान विद्यार्थीं समाजको दोस्रो वार्षिकोत्सव कार्यक्रम सम्पन्न



टोकियो, २० वैशाख २०७५

नेपाल जापान विद्यार्थी समाजको दोस्रो वार्षिकोत्सव कार्यक्रम जापानको टोकियोमा सम्पन्न भएको छ । वार्षिकोत्सव कार्यक्रमसँगै ‘सांस्कृतिक धमाका २०१८’ र ‘विद्यार्थी डायरी २’ विमोचन रहेको कार्यक्रममा हाँस्य कलाकार कुमार श्रेष्ठको साथमा युवराज आचार्य, सूर्य खड्का, रामकृष्णबम मल्लको बेजोड प्रस्तुती रहेकोे थियो ।

चेतन पौडेलको अध्यक्षतामा नेपाली राजदुतावास जापानका उपनियोग प्रमुख कृष्ण चन्द्र अर्यालको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा डा. विजय पौडेल, प्रवासी नेपाली मंच जापानका अध्यक्ष बाबुराम भण्डारी, संस्थापक अध्यक्ष सन्तोष चोखाल एनआरएन जापानका उपाध्यक्ष शिवप्रसाद पौडेल लगायतको उपस्थिति रहेको थियो ।

यसैविच रिक्त रहेको महासचिव पदमा केन्द्रीय अध्यक्षले प्रस्ताव गरेसँगै कार्यक्रमका मूल आयोजक समितिका सहसंयोजक रहेका कृष्णप्रसाद भुषाललाई सर्वसम्मत नियुक्ति गरिएको थियो । साथै भुषालले भावी योजना तथा नीति, कार्य योजना प्रस्तुत गर्दै जापानमा रहेका नेपाली विद्यार्थीहरुलाई परेको हरेक समस्यामा समन्वयकारी भूमिका निर्वाह गरी समाधान गरिने बताए ।

नवनियुक्त भुषाललाई प्रमुख अतिथि अर्याल तथा एनआरएन जापानका पदाधिकारी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिले शुभकामना प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्