प्रधानमन्त्री ओली र प्रचण्डबीच अचानक भेटवार्ता



काठमाडौँ, २० वैशाख

नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा पार्टी एकीकरणका विषयमा छलफल गर्न भनि भेटवार्ता भएको छ ।

दुई दलका अध्यक्षहरु बीचको छलफलमा ठोस के सहमति भयो भन्ने जानकारी नपाइए पनि चाँडै पार्टी एकता गर्ने तयारीमा रहेका उहाँहरु पुनः छलफलमा बसी सबै विषयको टुङ्गो लगाउने तयारीमा रहनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले जानकारी दिनुभयो ।

केहिदिन अघि मात्रै दुवै दलले वैचारिक र सांगठनिक प्रतिवेदन तयार गरी मिल्न बाँकी विषयको टुङ्गो लगाउन दुई अध्यक्षलाई जिम्मा दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्