इटहरी, २० वैशाख
योनेक्स सनराइज सातौँ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको आयोजना गरिने भएको छ । नेपाल ब्याडमिन्टन संघ र नेपाल खेलकूद महासंघको संयुक्त आयोजनामा सो प्रतियोगिता गर्न लागिएको हो ।
यही वैशाख २६ गतेदेखि इटहरीमा हुने उक्त प्रतियोगितामा अन्य विभिन्न संघहरु इटहरी ब्याडमिन्टन क्लब सुनसरी ब्याडमिन्टन एकेडेमी सगरमाथा ब्याडमिन्टन क्ल्ब र रक्तमाला ब्याडमिन्टन क्लब समेत सह संयोजनका रुपमा रहेका छन् ।
सुनसरी जिल्लामा ब्याडमिन्टन खेलको प्रवद्र्धनमा सक्रिय रहने उक्त प्रतियोगितामा चार सय बढी खेलाडीले पाँच सय चार वटा इभेन्ट्समा सहभागिता जनाउने कुरा आयोजकहरुले पत्रकार सम्मेलनमा जानकारी गराएका छन् ।
मेन सिंगल, मेन डबल, विभेन सिंगल, विमेन डबल अण्डर, १९ ब्वाइज सिंगल अण्डर, १९ गल्स सिंगल र भेट्रान्स डबल इभेन्ट्सका खेल संचालन हुने प्रतियोगिता आयोजक केन्द्रीय संयोजक सुरेश कार्कीले जनाए ।
कार्कीका अनुसार उक्त प्रतियोगिताका विजेताका लागि नगद ट्रफ्री एवं अन्य पुरस्कारका लागि रु तीन लाख ६५ हजार विनियोजन गरी सोही अनुरुप पुरस्कारको व्यवस्था मिलाइएको छ ।