हाम्रो शब्दकोषमा ईख भन्ने शब्द मेटिएकै हो त प्रधानमन्त्री ज्यु ?



काठमाडौं, २३ वैशाख

प्रधानमन्त्री ज्यु लालसलाम, अत्यान्त महत्वपुर्ण समय खर्चेर यो लेख लेख्दै छु। काठमाण्डुका जनताहरू धुलोको असरले स्वास-प्रस्वासको समस्या, दम, ब्रोङ्काइटिस, आखा खराब, मुटुको समस्याका दिर्ध रोगी त बने-बने धुलोको कारणले ब्रेनह्यामरेज र हर्टफेल भएर भटाभट मर्न थालिसकेका छन् हजुरलाई सरोकार भएन !

काम कुरो एकातिर कुम्लो बोकी…तिर भनेझैं हजुरले ३ दिने भारतको भ्रमण गर्नु भयो उपलब्धि के ? हामी नागरिक चुपो लागेर नै बसी रहौं । अहिले फेरि त्यस्तै सबै महत्वपुर्ण काम थाति राखेर भए भरको शक्ति खर्च गरेर भारतीय प्रम मोदी ज्युको नेपाल भ्रमनमा लागी पर्नु भएको छ उपलब्धि के? मोदी ज्युलाई लाखौं मानिसले जनकपुरमा र काठमाण्डौमा अभिनन्दन गर्ने अरे ? मोदीज्युले नेपालको लागी के त्यस्तो राम्रो काम गर्नु भएको छ र अभिनन्दन गर्ने…?

भुकम्पले तहस नहस भएको बेलामा ६/६ महिना सम्म इन्धन, औषधि लगायत भारतबाट आउने सामान र कैयौं थर्ड कन्ट्रि (अर्को देश) बाट आउने सामान सम्म रोकेर नेपाललाई तहसनहस पार्नु भएको हैन र ? हामीले औषधिसम्म नपाएर पानी बिनाको माछा झैं छट्पटिएका हैनौ र ?  ग्याँसको अभाबमा बारीको डिल र जङ्गलको हरियो रूख काटेर दाल, भात पकाएको यति चाँडै बिर्सी सक्यौं..?

पटक पटक मिचिएको नेपालको सिमाना, नेपालको सिमानामा भारतीय पक्षले अन्तराष्ट्रिय नियम बिपरित बाँधेको बाँधले हजारौं हजार हेक्टर नेपालको जमिन डुबानमा परेको र हजारौं हजार नेपाली नागरिकहरूको बिल्लिबाठ भैरहेको हामीले बिर्सिसक्यौं हो .. ?? नेपालमा उत्पादित अदुवा, अम्लिसो लगायत नेपालको कृषि जन्य बस्तुमा घातक बिषादी छ भनेर भारतमा निर्यातको लागी लगाएको रोक हामीले बिर्सि सकेका हौ ?? यस्तो हुँदा हुँदै यस्तो जान्दा जान्दै के को लागि नागरिक अभिनन्दन प्रम ज्यु ??

के राजनितीमा जे पनि जायज हुन्छ भनेर हामी निमुखा नागरिकहरूले बुझ्नु पर्ने हो ?? के पथ्थरको जबाफ फूलले दिनु पर्ने हो ?? काठमाण्ठुको धुलोले सास फेर्न त्यसै पनि उकुस मुकुस भ्एको थियो नागरिक अभिनन्दनको कुराले त झनै गाह्रो पो गरायो त प्रमज्यु !! के हाम्रो शब्दकोषमा ईख भन्ने शब्द मेटिएकै हो ?? हैन भने अन्तराष्ट्रिय जगतको नजरले कसरी हेरिन्छ हामी नेपालीहरूलाई ?? हामीले पाएको बिर,शाहसी र बाहादुर नेपालीहरू भन्ने टाइटिल मेटिसकेको हो ??

के इख नभएको मानिस र बिष नभएको सर्प काम लाग्दैन भन्ने उखान हराएको हो ?? उदाहरणका लागी इख गरेर बिकास भएका देशहरू उत्तर कोरिया, दक्षिण कोरिया, ताईवान, इजरायल, पश्चिम जर्मनी यि आदि देशबाट हामीले केही नसिक्ने !!?? हजुरको चिनको भ्रमण कहिले हुदैछ ..?? चिनका राष्ट्रपति सि जिङ् पिङ्को नेपाल भ्रमन कहिले हुन्छ ??

भ्रमणको लागी के कस्तो पहल हुँदैछ ?? चिनबाट केरूङ रसुवागढी काठमाण्डु हुँदै रेल कहिले पुग्छ लुम्बिनीमा हाम्रै पालामा कि अरूकसैको ?? के हजुरले जनताको आँखामा छारो हाल्नु भएको त हैन ?? सबै जानकारि हामी नागरिकलाई चाहियो ।। जय देश जय जनता ।।

(मुकुन्द थपलियाको फेसबुक स्टाटसवाट)

प्रतिक्रिया दिनुहोस्