२३ वैशाख २०७५ सिन्धुली
नेपाल रेडक्रस सोसाइटी बासेश्वर उपशाखा, भगवती आल्मुनाईको आयोजना र गैसस महासङ्घ सिन्धुली, जिल्ला युवा समिति सिन्धुली, श्री सिन्धुलीको सहयोग एवम् जिल्ला अस्पताल सिन्धुलीको प्राविधिक सहयोगमा गोलन्जोर–६ छेत्पामा निःशुल्क मुख तथा दन्त शिविर सम्पन्न भएको छ । निःशुल्क मुख तथा दन्त परीक्षण शिविरमा नेकपा एमाले केन्द्रिय सल्लाहकार परिषद् सदस्य केशव प्रसाद देवकोटाको प्रमुख आतिथ्यता, जिल्ला अस्पतालका दन्त चिकित्सक धन मानन्धर, भगवती आल्मुनाईका सचिव यज्ञ बहादुर बस्नेत, युवा नेता लाल बहादुर बुढाथोकी, समाजसेवी दिपेन्द्र बराल, दन्त चिकित्सक नमिता बराल, रेडक्रस शाखाका सभापति हरिकृष्ण कोइराला, सचिव गणेश कोइराला , नेराशीस गोलन्जोर अध्यक्ष राजन बराल, जनता प्रावि छेत्पाका प्रअ धरणीधर कोइराला लगायतको उपस्थिति रहेको थियो ।
शिविरमा ११४ जनाले प्रत्यक्ष रुपमा सेवा लिनुका साथै सवैलाई आयोजकले निःशुल्क रुपमा ब्रस र मन्जन वितरण गरेका थिए । वितरित सामग्रीको प्रयोग गर्न चिकित्सक धन मानन्धरले दाँत माँझ्ने तरिका समेत सिकाएका थिए ।
शिविरमा प्रमुख अतिथि देवकोटाले शरीरको ढोका मुख भएकोले ढोका नै सफा नभए घर सफा नहुने बताए ।
युवा नेता दिपेश बरालको सक्रियता यहाँ यस क्याम्प आउन सफल भएको भन्ने स्थानिय मिश्रे नेपालीले बताए ।
विकास र भौगोलिक दृष्टिले बत्तिमुनिको अध्यारो जस्तो भएको गोलन्जोरमा शिविर सन्चालन गर्न सहयोग पुर्याउने चिकित्सकको टोली, कार्यक्रम आयोजना गर्न सहयोग सहयोग पुर्याउनु हुने सम्पुर्ण सहयोगी संस्थाहरु, नबजागरण युवा क्लब छेत्पाका सदस्यहरु, जनता प्रावि छेत्पाका शिक्षक कर्मचारीहरु लगायत अन्य सबै सहयोगीको विशेष सहयोगको कारण शिविर सम्पन्न भएको स्थानीय समाजसेवी तथा युवा नेता दीपेश बरालले जनाए ।