२३ वैशाख २०७५ काठमाडौं
सिन्धुली जिल्लाको कमलाखोचमा पर्ने दुधौली नगरपालिका कृषिको लागि उर्वर भूमि हो । आधुनिक खेती प्रणालीको अभावले जोत्ने गोरु समेत नहुँदा स्थानीय किसानहरु समयमै खेती गर्न असमर्थ थिए । नवनिर्वाचित नगर प्रमुख घनश्याम राउतले यहि समस्या समाधान गर्न नगरपालिकाको कृषि शाखाद्वारा प्रविधियुक्त खेतीको लागि किसानहरुलाई ट्याक्टर वितरण गरेका छन् ।
परिवर्तन खबरसँगको कुराकानीमा राउतले भने हाम्रो कार्यकालमा आधुनिक कृषिको लागि नगरपालिकाले विशेष योजना बनाउने बताए ।