काठमाडौं, २३ वैशाख
पुर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कताकता आजभोली आफैँ पनि बिग्रिएकी भने जस्तो डर लाग्न थालेको बताएका छन् ।
शुक्रबार राजधानीमा आयोजित कार्ल मार्क्स जन्म द्वीशतवार्षिकी समारोहमा बोल्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् ।
पहिले हामीहरु असाध्यै दुख र मेहनत गर्थ्यौ, दिनरात संगठन निर्माण गर्थ्यौ अनि फुर्सद पायो कि पढ्ने गर्थ्यौ । जतिबेला पनि पढ्नमा नै ध्यान जान्थ्यो । तर आजभोलिका युवा पिढी अल्छे र पढ्दै नपढ्ने भएका छन् तेसैले त्यहि वातवरणले गर्दा आज आफुलाई पनि बिगारे जस्तो वा कताकता आजभोली त आफैँ पनि बिग्रिएकी भने जस्तो डर लाग्न थालेको उनले बताए ।
ति नयाँ पिढी जसमा भरोसा गर्ने हो हामीले, जसलाई सुन्दर नेपाल दिएर हामी माथि जाने तयारी गर्दै छौ तर त्यो पिढी नै झन् नपढ्ने हुन् थाले, अल्छी हुन थाले अनि विलासी हुन् थाले उनले ठट्यौली पारामा हास्दै सुनाए ।
नेपाललाई यो ठाउसम्म ल्याइपुर्याउन नेपाली कम्युनिस्टहरुले धेरै संघर्ष र दुख गरेको स्मरण गर्दै प्रचण्डले हिजोको राणाशाही विरुद्दको संघर्ष, निरंकुश राजतन्त्रको विरुद्दको संघर्ष, पंचायती विरुद्दको संघर्ष देखि बुर्जुवा संसदीयवादको विरुद्दको ठूलाठूला आन्दोलन र संघर्ष त्यसैको परिणाम भएको समेत जनाए ।
यतिखेर माओवादी विघटन गर्ने तयारी गरेका छौं, एमाले विघटन गर्ने तयारी गरेका छौं अनि नयाँ वस्तु र नयाँ पार्टी निर्माण गर्ने तयारी गरिरहेका छौं । अब हिजो जस्तो हाम्रो दिमागमा पुरानै दृश्यहरु रहिरहने हो भने र नयाँ आवश्यकतालाई नबुझ्ने हो भने यो प्रक्रिया सार्थक नबन्न पनि सक्छ तेसैले एक पल्ट सबैले मार्क्स र एंगेल्सले झैँ मेहनत गर्ने दिन आएको पनि बताए ।