काठमाडौं, २३ वैशाख
काठमाडौ कै एउटा हङकङ लाहुरेले, टाउकाको विरामी श्रीमती लिएर उपेन्द्र देवकोटासंग देखाएछन। उनको अप्रेसन नै गर्नुपर्ने हुनाले यस्को खर्च २ लाख सम्म भेट्ने सल्लाह वहाले दिनुभएछ।
ति हङकङे लाहुरेलाइ उपेन्द्र देवकोटाप्रती विस्वास नलागेर हङकङ मै लगेर राम्रो हस्पिटलमा भर्ना गराए । एक हप्तामा सम्पुर्ण चाँजोपाँजो मिलाएर अप्रेसन थियटरमा लैजादा त अप्रेसन गर्ने उनै डा.उपेन्द्र पो देखिएछन।
यो देख्ने बित्तिकै डाक्टर उपेन्द्रले उनलाइ सम्झाउदै भन्नुभएछ, यहाँ मेरो फिस मात्र ४ लाख छ अब यो हस्पिटल को आफ्नो खर्च जोड्दा ८ लाख भेट्नेछ । आखिर अप्रेसन गर्ने आफू नै भएको हुनाले नेपाल लैजानु भनेर त्यहाबाट डिस्चार्ज गर्नुभएछ ।
आज उनै डाक्टर मृत्युसंग जुध्दै आफू अब सन्चो भएर विरामीको उपचार गर्न कहिल्यै फर्कन नसक्ने भन्दै न्युरो हस्पिटलको बेडमा लडिरहनुभएको छ । यो देशका साच्चिकैका एक सम्पती तपाईं सन्चो हुनुपर्छ । फेरि पनि विदेशमा उपचार गर्दा हुने अरबौ रुपया रोक्न पनि देशमा तपाइको खाचो छ।। यसकारण शीघ्र स्वास्थ्य लाभको कामना हजारौं हजार कामना डाक्टर उपेन्द्र देवकोटा ।
(झकिन्द्र खतिवडाको फेसबुक स्टाटसबाट)