२८ वैशाख २०७५, जनकपुरधाम
दुई दिने नेपाल भ्रमणका क्रममा जनकपुर उत्रिएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई स्वागत गर्न जनकपुर पुगेका प्रधानमन्त्री केपी ओली आज एउटै पोशाकमा देखा परेका छन् ।
भारतीय सेनाको विशेष विमानबाट जनकपुरधाम उत्रिँदा मोदीले सेतो रंगको पाइजामा र केसरी रंगको कुर्ता लगाएका थिए । भने मोदीलाई स्वागत गर्न जनकपुरधाम पुगेका प्रधानमन्त्री ओली पनि त्यस्तै रंगको पाइजामा र कुर्तामा थिए । उनले पनि गम्छा भिरेका थिए ।
आज दुई प्रधानमन्त्रीले लगाएको पोशाक उस्तै थियो । तर जुत्ता र गम्छाको रंग मात्र फरक देखिन्थ्यो ।