ट्रम्प र किमबीच सिङ्गापुरमा भेट हुने



२८ वैशाख २०७५, संयुक्त राज्य अमेरिका

अमेरिका र उत्तरकोरियाली नेताहरूबीच हुने भनिएको र लामो समयदेखि प्रतिक्षा गरिएको शिखर सम्मेलन आगामी जुन १२ मा हुने भएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा उत्तर कोरियाली नेताबीच कोरियाली प्रायद्वीपमा लामो समयदेखि देखिँदै आएको तनाव अन्त्य गर्ने र उत्तर कोरियाको आणविक हतियारबारे विश्व समुदायबाट व्यक्त चासोका बिषयमा हुने वार्ता सिङ्गापुरमा जुन १२ मा हुने गरी तय भएको अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो ट्वीटर पेजमा बिहीबार जनाएका छन् । यद्यपि यस बिषयमा थप कुरा भने सन्देशमा उल्लेख गरिएको छैन ।

यस पहिले वार्ताको बिषयलाई लिएर जापानी प्रधानमन्त्री सिन्जो आबे, चिनियाँ प्रधानमन्त्री ली खछ्याङ, दक्षिण कोरियाली राष्ट्रपति मुन जाई-इनबीच छलफल भएको जापानी विदेश मन्त्रालयले जनाएको थियो । एसियाली नेताहरूको छलफललाई जापानी प्रधानमन्त्री आवेले अमेरिकी राष्ट्रपतिलाई जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्