पार्टी नेतालाई युधिष्ठिर जस्तो निर्णय गर्न आग्रह गर्दै सुदेश पराजुलीद्वारा अनेरास्ववियु अध्यक्षमा दाबी



काठमाडौं, २८ वैशाख

विद्यार्थी आन्दोलनको मूल प्रवाह अनेरास्ववियु सारा विद्यार्थीको आशाको केन्द्रविन्दु हो । विभिन्न कालखण्डमा ऐतिहासिक र बलिदानी इतिहास बनाउन सफल अनेरास्ववियु यतिबेला विगतको प्रतिफल लिन पनि अलमलिएको हो कि भन्ने शंका विद्यार्थीहरुमा देखिदै छ । विद्यार्थी आन्दोलनको मर्म र भावना नबुझ्दा यो समस्या दिन दिन बढ्दै गईरहेको देखिन्छ  । जवसम्म विद्यार्थी नेताले बारम्बार आफुले मात्र नेतृत्व र पदको लोभ गर्छन्, त्यसकै लागि मरिहत्ते हुन्छन् । जसले गर्दा विद्यार्थीहरुको विश्वास दिन दिनै घट्दै जान्छ ।

पदलोलुपताको पराकाष्ठाले अध्यक्ष हुन् या नेतृत्व हडप्न उपाध्यक्षमा बारम्बार दोहोरिने, दुइ कार्यकाल समेत उपाध्यक्ष भएर पुन: महासचिवमा झरेर फेरी अध्यक्ष दाबी गर्ने । यस्तो परिपाटीले सजिलै बुझ्न सकिन्छ उनीहरु विद्यार्थी अधिकार र शैक्षिक विकास होइन । आफुलाई स्थापित गर्न विद्यार्थी राजनीति गरिरहेका छन् ।

यस्तै गलत प्रवृत्तिको विरुद्धमा पार्टी नेतृत्वलाई सचेत गराउँदै अनेरास्ववियुको नेतृत्त्व लिन बर्षौदेखि पटक-पटक उपाध्यक्षमा दोहोरिरहने अथवा उपाध्यक्षबाट महासचिवमा झर्नेहरु भन्दा आफु अध्यक्षको लागि बढी सक्षम रहेको दावी  अनेरास्ववियुका सचिव सुदेश पराजुलीले आफ्नो फेसबुक स्टाट्सबाट गरेका छन् ।

हुनत अहिले अनेरास्ववियुको अध्यक्ष दाबी गर्नेहरुमा संस्थापन ओली समुहका चार उपाध्यक्ष र एक महासचिव सहित पाँच जना छनभने माधब नेपाल समुहबाट सुदेश पराजुली एक्ला उम्मेदवार हुन् ।

अनेरास्ववियुको आगामी नेतृत्वमा ओलीले एउटा समुहको पुरै भार बोकेर मैदानमा उत्रिएका पराजुलीलाई  रोज्लान या पाँच खेमा बनेर उत्रिएका आफ्नालाई ? यतिखेर यहि विषयले अखिल राजनीति गर्माएको छ ।  यतिबेला ओलीले  आफ्नो समुहका एकलाई नेतृत्व दिएर चारलाई चिड्याउनु भन्दा अर्कै समुहको भएपनि पराजुलीलाई नेतृत्व दिदा सहज हुने देखिन्छ । के युधिष्ठिरले सौतिनी भाइ नकुल रोजे जस्तै ओलिले अखिलमा सुदेश पराजुली रोज्लान त ?पराजुली भने ओलीको नजरमा पनि आफु नै अध्यक्ष हुनेमा ढुक्क र विश्वस्त देखिन्छन् ।

यस्तो छ पराजुलीको फेसबुक स्टाटस :

नेतृत्वको मुल्याकंन क्षमता युधिष्ठिर जस्तो पात्र छनौट गर्ने अश्वत्थामा जस्तै हुनुपर्दछ । अनेरास्ववियुमा अहिले नेतृत्व निर्माणका सन्दर्भमा अग्रजले यी तलका दृष्टिकोण/ मान्यतालाई ध्यान दिए पुग्छ होला !

कतिपय विद्यार्थी एउटै कक्षामा दोराई तेराई पढ्दा वा पढाउँदा अब्बल भएन वा अभिभावक र शिक्षकको अपेच्छा पुरा गर्न सकेन भने उसलाई सम्बन्धित क्षेत्र/विषय/कक्षाबाट अलग गर्नु नै उपयुक्त वा सहि निष्कर्ष हुन्छ, उसको भविष्यका लागि पनि , नेतृत्वले उपयुक्त्त समयमा सहि पात्रको छनोट गर्दा नै लडाईमा विजय प्राप्त हुन्छ यसमा सबै भन्दा बढि सोच्नु पर्ने अभिभावक/नेतृत्व/ अग्रजकै दायित्व हो ) ”

“अश्वत्थामा जस्तो वीर पुरुषलाई समयमा सेनापति नबनाउन अख्तियार गरिएको नीति जसले महाभारतको परिणाम नै फरक पार्न सक्ने क्षमता राख्तथ्यो भनिन्छ । ….यक्षसंगको प्रश्नोत्तरमा युधिष्ठिर उत्तीर्ण हुन्छन्। तर, प्रश्नोत्तर परीक्षाको सार होइन। परीक्षाको सार अर्कै छ। यक्ष प्रश्नोत्तरबाट सन्तुष्ट त छन्। तर युधिष्ठिरलाई थप भन्छन्– ‘तिमीले सन्तोषजनक उत्तर दियौ। तिमी पानी पनि खाऊ। तिम्रा मरिसकेका चार भाइमध्ये कुनै मात्र एउटा छान, म जीवित गरिदिन्छु।’ युधिष्ठिरले एउटा भाइलाई छान्छन्, ती भाइ नकुल थिए।

यक्षले आश्चर्य व्यक्त गर्छन्, ‘यो नकुल तिमीलाई के काम लाग्छ ? एक त यो सौतेनी भाइ हो। दोस्रो, वनवास र गुप्तवासका कठिन दिनमा नकुलले तिमीलाई केही सहायता पुर्याउन सक्दैन। तिमीले त भीम वा अर्जुनलाई पो छान्नुपर्थ्यो त ! उनीहरूबाट तिम्रो रक्षा हुन्छ, भोलिको राजनीतिक अभिष्ट पूरा हुन्छ।’

युधिष्ठिर भन्छन्– ‘मेरो त्यस्तो कुनै अभिष्ट वा लालसा छैन। मैले सौतेनी भाइ भनेर नै नकुललाई छानेको हुँ। कुन्तीका तीन सन्तानमध्ये म एक जीवित छु। माद्रीका दुई सन्तानमध्ये पनि एक जीवित रहनुपर्यो नि ।’

युधिष्ठिरको धर्मबुद्धिबाट यक्ष प्रभावित भई मारिएका चारै भाइलाई जीवनदान दिन्छन् । तर, यक्ष प्रश्न यत्तिमै टुङ्गिदैन। यक्षले सोध्छन् – ‘अरू पनि केही भन्छौ कि?’ युधिष्ठिरले जे भने पनि ती रहस्यमय यक्षले प्रदान गर्न सक्ने थिए। तर, युधिष्ठिरको माग पनि बडो विचित्र छ। उनी भन्छन्– ‘हामी जुन अग्निहोत्र खोज्न हिँडेका थियौं, त्यही बक्सियोस् । अरू केही चाहिएको छैन ।’

(अनेरास्ववियुका सचिव सुदेश पराजुलीको फेसबुकबाट )

प्रतिक्रिया दिनुहोस्