काठमाडौं, २८ वैशाख
भारतिय प्रधानमन्त्री नरेन्द्र मोदिको नेपाल भ्रमणको पूर्वसन्ध्याको बेला दुइ बर्षा अघिको भारतिय नाकावन्दी प्रती बिरोध जनाउन विवेकशील साझा पार्टीले बखुन्डोल स्थित आफ्नो कार्यालयमा ‘मोदी जि स्वागत छ तर नाकावन्दी बिर्सेका छैनौ’लेखेर राखेको ब्यानर प्रहरीले जबर्जस्ती निकालेर लगेको छ।
मोदी जनकपुरको कार्यक्रमा सकेर काठमाडौं आउन लाग्दा प्रहरीले विवेकशील साझाको कार्यालय गैर सो हस्तक्षेप गरेको हो ।
आज शुक्रबार अपरान्ह कार्यकालमा पार्टीको केन्द्रीय समितिको वैठक बसिरहेको बेला ललितपुर प्रहरी आएर कार्यालयमा राखिएको नेपालको झण्डा र मोदी जी स्वागत छ तर नाकाबन्दी बिर्सेका छैनौ लेखिर्को ब्यानर हटाएर हस्तक्षेप गरेको विवेकशील साझा पार्टीको नेता रमेश पौडेलले जानकारी गराए ।
उक्त प्रहरी हस्तक्षेपको बिरोधमा यतिबेला विवेकशील साझाका नेता कार्यकर्ताहरु ललितपुर प्रहरी कार्यालय पुगेका छन् ।