२८ वैशाख २०७५, नुवाकोट
नुवाकोट जिल्ला दुप्चेश्वर गाउँपालिका–७ शिखरवेशीको बछला माध्यमिक विद्यालयमा बालबालिकाहरुलाई एक दिने मानव वेचविखन, बाल यौन दुर्व्यवहार तथा सुरक्षित स्थानागमन सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
कोशेली नेपाल नुवाकोट र कुमुदीनी नेपाल काठमाडौले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरु, शिक्षकशिक्षिका, महिला समूह र विद्यार्थीहरुको उल्लेख्य सहभागिता रहेको जानकारी बालअधिकाकर्मी प्रदिप डंगोलले परिवर्तन खवरलाई दिए ।