यसरी हुन सकिन्छ हप्तादिनमै गोरो र चम्किलो



कागती
कागतीले छालाको रंग हल्का बनाउछ र छालाको गहिराइसम्म सफा राख्न मद्दत गर्छ र अनुहारको दाग हटाउँछ । कागतीको रसमा बेसन र काँक्रोको रस मिलाएर ३० मिनेटसम्म अनुहारमा राख्ने र सफा पानीले धूने गर्नाले तपाईको अनुहार गोरो र चम्किलो बन्छ ।

गुलाव
गुलावको पात र दूध मिलाएर बनाएको पेस्ट अनुहारमा लगाउनाले अनुहार चमकदार र गोरो बन्छ ।

बेसन
बेसन एक प्राकृतिक र प्राभावकारी फेस प्याक हो । यसलाई दूध वा दहीमा मिलाएर थोरै बेसार राखि त्वचामा लगाउने गर्नाले त्वचामा चमक ल्याउँछ । यसमा कागती र टमाटर पनि मिलाएर प्रयोग गर्न सकिन्छ ।

चंदन पाउडर
चंदनलाई पिसेर अथवा पेस्ट बनाएर बिस्तारै त्वचामा लगाउने गर्नाले यसले त्वचाको दाग धब्बा हटाइ गोरो बनाउछ ।

बेसार
काँचो दूधमा बेसार मिलाएर अनुहारमा लगाउनाले केही दिनमै तपाईको त्वचाको रंगमा परिवर्तन ल्याउँछ ।

 

प्रतिक्रिया दिनुहोस्