बृहत् शैक्षिक मेला जेठ ३ देखि शुरुहुने



३० वैशाख २०७५, इटहरी

ब्रिज एजुकेशनको आयोजना तथा मल्टिटेक युनिट र ए एस इभेन्ट्स एण्ड मार्केटिङको सहकार्यमा आउँदो जेठ ३ र ४ गते इटहरीमा बृहत् शैक्षिक मेला अर्थात् इष्ट नेपाल एजुकेशन फेयर आयोजना हुने भएको जानकारी इभेन्ट्सका बजार निर्देशक अनिल श्रेष्ठले दिएका छन् ।

उच्च शिक्षाका लागि सक्रिय कलेजहरु समेतको सहकार्यमा हुने यस बृहत् शैक्षिक मेलाबाट विभिन्न क्षेत्रका विद्यार्थी, शिक्षक र अभिभावकले समेत शिक्षा क्षेत्रमा खोजेका नयाँ विषयमा अधिकतम सूचनासँगै आवश्यक शैक्षिक उपलब्धिसमेत प्राप्त गर्ने अवसर प्राप्त गर्ने बताइएको छ ।

शैक्षिक मेलामा कम्तीमा ३० वटा शैक्षिक ज्ञान हासिल गर्न सकिने स्टल र पाँच हजार शिक्षासँग सम्बन्धित खोजकर्ताले अवलोकन गर्न सक्ने अनुमानसमेत गरेको आयोजक मध्येकी सबेरा श्रेष्ठको भनाइ रहेको छ ।

मेला अवधिमा इटहरी आसपासका क्षेत्रबाट कलेजहरुका प्रोफेसर एवम् प्रधानाध्यापकसँग विशेष शैक्षिक परामर्श एवम् छलफल हुने भएकाले यस शैक्षिक मेलाबाट यसअघि प्राप्त नभएका शैक्षिक ज्ञानका विषयमा समेत नयाँ सोधखोज गर्न सहज हुने जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्