इनास युएईले बुद्धजयन्ती मनायो



३० वैशाख २०७५, युएई

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) युएई आबुधावी क्षेत्रीय समिती ले २५६२ औं बुद्ध जयन्ती भव्य रुपमा मनाएको छ। ११ तारीख शुक्रबार मुसाफा स्थित मलयाली हलमा भगवान गौतम बुद्धको मोलम पुजा पाठ गर्दै भब्यरुपमा बुद्धजयन्ती साझ-२०७४ मनाइएको हो । इनास आबुधाबी क्षेत्रीय समितिका अध्यक्ष भीम घिसिङको सभापतित्वमा भएको उक्त कार्यक्रममा इनास ग्लोबल समितिका सल्लाहकार मनोज गोर्खालीले प्रमुख आतिथि रहनु भएको थियो। कार्यक्रमको विशेष अतिथिको रुपमा इनास युएईकि अध्यक्ष श्रीमती रेखा घिमिरे, गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद युएईका अध्यक्ष रमेश श्रेष्ठ , इनास एशिया संयोजक आशिष पुरुष, एन आर एन ए युएईका पुर्व अध्यक्ष सुदीप कार्की, हिमालयन एअरलाइन्सकी कन्ट्री म्यानेजर गीता विष्ट, पत्रकार महासंघ युएईका अध्यक्ष भुपराज बस्याल, सचिव मेघराज सापकोटा, प्रवासी नेपाली मञ्च युएईका अध्यक्ष श्याम कँडेल, जनसम्पर्क समिति युएईका अध्यक्ष खेमराज बस्नेत लेखक तथा साहित्यकार निमेष गिरि लगायत आसिन थिए । इनास युएईका महासचिव राम तामाङको स्वागत मन्तव्य र साहित्यकार जे. सागरको संचालन रहेको कार्यक्रमलाई विशेष अतिथिहरु मेघराज सापकोटा, श्याम कँडेल, खेमराज बस्नेत, रेखा घिमिरे र प्रमुख अतिथि मनोज गोर्खालीले शुभकामना मन्तव्य दिदै अहिलेको परिप्रेक्ष्यमा बुद्धको शान्ति, परोपकार र अहिंसाको सन्देशको अझ बढी महत्व रहेको बताए ।

सांस्कृतिक कार्यक्रममा अतिथि गायक अनिल सिंहले आफ्ना चर्चित गीतहरू सुनाएर दर्शकलाई नचाएका थिए भने अतिथि गायिका अमृता लिम्बुको प्रस्तुतिले पनि सबैको मन जितेको थियो । त्यसैगरी युएईमा नेपाली स्टेजका हस्तीहरु दीपक गुरुङ, सारिका सुनार, पारस लामा, जीवन गुरुङ, सन्ध्या सुस्केरा, शर्मिला गुरुङ, नम्रता लामा लगायतका कलाकारहरुको प्रस्तुतिले पनि दर्शकलाई भरपूर मनोरञ्जन दिएका थिए ।

छोटो समयको तयारीमा नै कार्यक्रमलाई यति भब्य रुपमा सफल पार्न सहयोग गरेकोमा इनास युएई केन्द्रिय अध्यक्ष श्रीमती रेखा घिमिरेले आयोजक आबुधाबी क्षेत्रीय समिति, अन्य क्षेत्रीय समितिहरु, केन्द्रिय समितिका पदाधिकारीहरु, प्रायोजक, समन्वय गर्ने संघ संस्था, मिडिया सहयोगी, उपस्थित दर्शक तथा सहयोग र सद्भाव व्यक्त गर्ने सम्पूर्ण शुभचिन्तकहरुलाई धन्यवाद दिएकी छिन् । त्यसैगरी उनले आबुधाबी क्षेत्रका विशेष सहयोगीहरु अध्यक्ष भीम घिसिङ,सन्दीप लामा, बालकृष्ण खड्का, सागर क्षेत्री, कुमार श्रेष्ठ, बिष्णु कुमारी खालिङ, हरि खड्काथोकी, अमृता तामाङ, राजु घले, अस्मत लगायतको योगदान अतुलनीय रहेको बताईन ।

 

प्रतिक्रिया दिनुहोस्