अमेरिकी सहयोगमा ३ सामुदायिक विद्यालयको पुर्ननिर्माण हुँदै



३० वैशाख २०७५, काठमाडौं

संघीय सांसद रामबीर मानन्धर, नेपाल पुर्ननिर्माण प्राधिकरणका प्रमुख युवराज भुषाल, काठमाडौं महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्य र नेपालको लागि अमेरिकी राजदुत टेप्लिट्जले छात्रा विद्यालय कन्या मन्दिर माध्यमिक विद्यालयको पूर्र्निर्माणको संयुक्त रुपमा शिलान्यास गरेका छन् । युएसएआइडी नेपालको नेपाल सामुदायिक पूर्र्निर्माण कार्यक्रम मार्फत अमेरिकी सरकारले कन्या मन्दिर, भगवती र आदर्श मावि गरी २०१५ को महाभूकम्पमा क्षति पुर्याएका थप तीन विद्यालयहरुको पूनर्निर्माण गर्न लागेको छ ।

उद्घाटन कार्यक्रममा राजदूतले भनिन् –बालबालिकालाई विद्यालय फर्काउने कार्यलाई प्राथमिकतामा राखी विपन्न समुदायको हितका लागि भूकम्पीय रूपमा सुरक्षित, सुविधायुक्त र बाल तथा अपाङ्गमैत्री विद्यालय निर्माण गर्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग साझेदारी गरेका छौँ ।

जननिर्वाचित संघीय सांसद, नगरप्रमुख र पुर्ननिर्माण प्रमखले अमेरिकी सरकारले पूर्ननिर्माणमा गरेको सहयोगप्रति आभार व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्