दक्षिणी श्रीलंकामा बाढीबाट आठ हजार स्थानीय प्रभावित



३१ वैशाख २०७५, कोलम्बो

श्रीलंकाका दक्षिणी जिल्ला गल्ले र कलेतारामा आइतबार भारी वर्षापछि आएको बाढीका कारण आठ हजार भन्दा बढी स्थानीय नागरिक प्रभावित भएका बताइएको छ ।

यहाँको प्रकोप व्यवस्थापन केन्द्रले सोमबार जारी एक विज्ञप्तिमा उक्त जानकारी दिएको छ ।

प्रकोप व्यवस्थापन केन्द्रका प्रवक्ता प्रदीप कोदिप्पीलीले सोमबार आएको भारी वर्षाका कारण ती व्यक्ति घर बस्न नसकेका अन्यत्रै सार्नुपरेको थियो भनेका छन्  ।

ती क्षेत्रमा बाढीको प्रकोप बढ्नसक्ने अनुमानका कारण उनीहरुलाई सुरक्षित स्थानमा सारिएको पनि उनले बताएका छन् ।

शनिबारदेखि निरन्तर भएको वर्षा सोमबार बिहान रोकिएको छ । सोमबार बेलुका पनि थप वर्षा हुने आशंका गरिएको छ । यसका कारण स्थानीयवासीलाई सतर्क रहन समेत जानकारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्