फुकुओका नेपाल सोसाईटीको २३ औं अधिवेशन सम्पन्न



०१ जेठ २०७५, काठमाडौं

फुकुओका नेपाल सोसाईटीको २३ औं अधिवेशनले नविन अधिकारीको अध्यक्षमा १८ सदस्य नयाँ कार्य समिति चयन गरेको छ । सोसाइटीको वरिष्ठ उपाध्यक्षमा योगेश कार्की, उपाध्यक्षहरु शिव शर्मा, हरिकृष्ण सुवेदी, माधव सिग्देल, महिला उपाध्यक्षमा ललिता तामाङ, प्रवक्तामा सचिन आचार्य, सचिवमा निरोध हुमागाईं, सहसचिवमा सूर्य बहादुर कुँवर, कोषाध्यक्षमा अमृत सुवेदी, सदस्यहरुमा नारायण सुवेदी, प्रकाश गुरुङ, जगन्नाथ खनाल, प्रशान्त कँडेल, प्रकाश लामिछाने, विक्रम पुर्जा, आजीप कुमार दाहाल चयन भएका छन् ।

सहमतिकै आधारमा अधिवेशन सम्पन्न गर्ने निर्णय बमोजिम कार्यसमिति चयन गरिएको छ । सहमति कमिटीमा निवर्तवान अध्यक्ष पुरुषत्तम सिग्देलको नेतृत्वमा एनआरएनए क्युसु संयोजक लक्ष्मण बानियाँ र नेपाल जापान फ्रेन्डशिप लायन्स क्लबका अध्यक्ष अर्जुन थापा रहेका थिए । सहमति कमिटिको समन्वयमा क्युस्युबासी नेपालीको अग्रज हाम्रो नेपाल हामी नेपाली अभियानका संयोजक धर्मराज अधिकारी, फुनेसोका पुर्व अध्यक्ष छत्र दाहाल लगायतको विशेष पहलमा नयाँ कार्यसमिति गठन भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि धर्मराज अधिकारी, विशेष अतिथिहरु एनआरएनए आइसिसिका सदस्य टंक गैरे, फुनेसो पूर्व अध्यक्ष छत्र दाहाल, अथिहिहरुमा एनआरएनए क्युसु संयोजक लक्ष्मण बनियाँ, नेपाल जापान फ्रेन्डशीप लायन्स क्लबका अध्यक्ष अर्जुन थापा, कास्की पोखरा समाज क्युस्युका संयोजक सन्तोष थापा, फुनेसो पुर्व अध्यक्षहरु रामकृष्ण श्रेष्ठ, दीपक देवकोटा, भरत गौतम लगायत विभिन्न संघसंथाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सभापतित्व निवर्तवान अध्यक्ष पुर्षोत्तम सिग्देल र कार्यक्रम सञ्चालन सचिव माधव सिग्देलले गरेका थिए ।

कार्यक्रममा वक्ताहरुले फुनेसोको इतिहास यसको विशिष्टताबारे चर्चा गर्दै संस्थाको प्रगतिको कामना गरेका थिए । २२ औं कार्यसमितिलाई विभिन्न तह र तप्कामा सहयोग गर्ने ३ जना व्यक्तिहरु दिपक देवकोटा, हस्त लामा र अर्जुन थापालाई सम्मान गर्दै निवर्तमान अध्यक्ष पुर्षोत्तम सिग्देलले सम्मान पत्र वितरण गरेका थिए । २२ औं कार्यसमितिले संशोधित विधान सर्वसम्मत पारित गरेको छ ।

सर्वसम्मत निर्वाचित अध्यक्ष नविन अधिकारीले त्यहाँ भएका सवै संघसंस्थालाई एकजुट बनाउने उद्देश्यले सबै हात एकै साथ अभियान चलाउने योजना सुनाए । फुकुओका नेपाल सोसाईटी सुरुवातका दिनहरुमा एकआपसमा नेपालीहरुबीच चाडपर्व मनाउने गरिन्थ्यो भने दिनप्रतिदिन बढ्दै गएको नेपालीहरुको चापसँगै यसको कार्य क्षेत्रहरु पनि बढ्दै गएको छ ।

सोसाइटीले विभिन्न सांगीतिक, आपतकालीन राहत, विद्यार्थीहरुलाई आवश्यक पर्ने सन्देशमुलक कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ । त्यसैगरी नेपाली कला, संस्कृतिहरुलाई जापानीज नागरिकसामु परिचित गराउनु नै यस सोसाइटीको मुख्य उद्देश्य रहेको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्