स्थापना दिवसमा अनेरास्ववियुले शैक्षिक सामग्री वितरण गर्यो



०२ जेठ २०७५, सिन्धुलीमाढी

अनेरास्ववियु सिन्धुलीले ‘५४ औँ स्थापना दिवस’को अवसरमा नवज्योति बहिरा निम्नमाध्यमिक विद्यालय जसेदमार सिन्धुलीमा शैक्षिक सामग्री वितरण गरेको छ ।

आर्थिक अवस्था कमजोर भएका बहिरा तथा अपाङ्ग बालबालिकाहरुलाइ पढाइमा प्रोत्साहन मिलोस भन्ने उदेश्यले कार्यक्रममा १८० थान कापी, ९०-९० थान पेनसिल, इलेजर, साप्नर लगायतका शैक्षिक सामग्री एक मुस्ट रुपमा विद्यालयका शिक्षक दुर्गा भुजेललाई हस्तान्तरण गरिएको जानकारी अनेरास्ववियु सिन्धुलीका अध्यक्ष गोकर्ण भुजेलले दिएका छन् ।

कार्यक्रममा दोभाषेको रूपमा विद्यालयका शिक्षक दुर्गा भुजेल, मिना आचार्य, धनबहादुर नेपालीले सहयोग गरेका थिए भने स्वागत मन्तव्य अनेरास्ववियु जिल्ला कमिटी सदस्य कन्चन पहाडीले राखेका थिए ।

कार्यक्रमको अध्यक्षता अनेरास्ववियु सिन्धुलीका अध्यक्ष गोकर्ण भुजेल, प्रमुख आतिथ्यता अनेरास्ववियु केन्द्रिय कमिटी सचिवालय सदस्य/पुर्वी वाग्मती इन्चार्ज टिकाजङ्ग थापा तथा  विशेष आतिथ्यता नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य तथा विद्यार्थी इन्चार्ज नारायण बराल रहेका उक्त कार्यक्रममा अनेरास्ववियू नेताहरु फडिन्द्र पहाडी, दिपेश बराल, सुवास थापा, युवा संघ नेपाल जिल्ला कमिटी सदस्य प्रकाश रायमाझी, विद्यालयका शिक्षक शिक्षिका लगायतको आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्