०२ जेठ २०७५, काठमाडौँ
नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि अविश्वास गर्नुपर्ने कुनै कारण नरहेको स्पष्ट पारेका छन् ।
प्रधानमन्त्री ओली अहिले देशको आर्थिक सम्वृद्धिका लागि के गर्न सकिन्छ भन्ने कुरामा बढी केन्द्रित रहेको बताउँदै भट्टराईले अहिलेको सरकारलाई अविश्वास भन्दा पनि सहयोग गरेर समृद्ध नेपाल बनाउनेतर्फ लाग्नु बुद्धिमानी हुने बताएका छन् ।
मंगलबार काठमाडौँमा अखिल क्रान्तिकारीले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री ओलीले संसदमा समेत मुलुकको जिम्मेवारी आफूले लिने भनि दिएको अभिव्यक्ति भरोसायोग्य रहेको पनि स्मरण गराएका थिए ।
सचिव भट्टराईले सरकारलाई सचेत गराउन भने विद्यार्थी संगठनहरुको गम्भिर ध्यानाकर्षण गराएको समेत जानकारी दिए ।