रमदानको अवसरमा युएईका जेलमा रहेका कैदीलाई रिहाई गर्न राष्ट्रपतिको निर्देशन



३ जेठ २०७५, युएई

मुस्लिम धर्मावलम्बीको महान पर्व रमदानको अवसरमा युएईका विभिन्न जेलमा रहेका कैदीलाई आममाफी दिन राष्ट्रपति शेख खलिफा विन जायद अल नयनले निर्देशन दिएका छन् । विभिन्न अपराधमा कैदी जीवन विताइरहेका ९३५ जना कैदीलाई जेलमुक्त गरी आफ्नो देश फर्केर परिवारका साथ सामान्य जीवनयापन गरुन् भन्ने उद्देश्यले योे निर्देशन दिईएको राष्ट्रपतिले जनाएका छन् ।

कस्ता र कुन अपराधिक गतिविधिमा संलग्न कैदीलाई रिहाई गर्ने भन्ने कुनै जानकारी दिईएको छैन् ।

प्रतिक्रिया दिनुहोस्