३ जेठ २०७५, युएई
आईपीएल क्रिकेटको डेब्यु खेलमा ४ ओभरमा २५ रन दिई एक विकेट लिएका सन्दीपले पहिलो खेलमै उत्कृष्ट र लोभलाग्दो प्रदर्शन गरेपछि भारतीय स्पोर्ट मिडियामा उनी निकै छाएका छन् । विश्व क्रिकेट जगतमा सन्दीपले तहल्का मच्चाएपछि उनलाई धेरै महान क्रिकेटरहरुले अद्भुत क्षमता र युवा जादुगरको उपनाम दिएका छन् ।
बेङ्लोर बीरुद्ध डेब्यु गर्ने मौका पाएका सन्दीपले त्यो मौकालाई खेर फालेनन् । कप्तान र प्रशिक्षकको विश्वासलाई अलिकति पनि ढगमगाउन दिएनन् । बेङलोरका विस्फोटक ब्याटम्यान एवी डी भिलियर्सले खेल सकिएपछि सन्दीपको बलिङबाट धेरै प्रभावीत भएको बताएका थिए । आईपीएलमा डेब्यु त्यसमाथि ओपनिङ बलिङको जिम्मा पनि सन्दीपलाई नै कप्तानले दिए ।
गुगली बल फालेका सन्दीपले पहिलो ओभरमा मात्र २ रन दिएका थिए । सन्दीपले आफ्नो दोस्रो ओभरमा पार्थिव पटेललाई एलबीडब्ल्युको धरापमा पारे र आफु कुन स्तरको बलर हो भनेर प्रमाणित समेत गर्दिए। उनले दोस्रो ओभरमा ५ रनमात्र दिएका थिए । तेस्रोमा ८ तथा चौथोमा १० रन दिएका थिए । जस्मा उनले १४ बल त विश्वका महान तथा आक्रमक ब्याटम्यान एवी डी भिलियर्स र विराट कोहलीलाई गरे ।