नेपाल कम्युनिष्ट पार्टीको महासचिवमा विष्णु पौडेल, प्रवक्ता नारायणकाजी



४ जेठ २०७५, काठमाडौँ

नेकपा एमाले र नेपका माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टीको महासचिवमा एमालेका उपमहासचिव विष्णु पौडेललाई बनाइने भएको छ ।

त्यसैगरी नयाँ पार्टीको सचिवालय गठनका क्रममा दुई एकता संयोजन समितिले प्रवक्ताको जिम्मेवारी माओवादीका नेता नारायणकाजी श्रेष्ठलाई दिने सहमति भइसकेको छ ।

सचिवालयमा दुई अध्यक्षसहित एकता संयोजन समितिका आठजनासँगै एमाले नेता पौडेललाई थपेर नौ सदस्यीय सहमति बनाइएको हो । संयोजन समितिमा एमालेबाट ५ र माओवादी केन्द्रबाट ३ सदस्य थिए ।

दुई पार्टीले नेपाल कम्यनिष्ट पार्टीको स्थानीय समितिलाई बढाएर ४५ सदस्यीय बनाउने सहमति गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्