०४ जेठ २०७५, काठमाडौँ
शरीरमा प्रोटिनको मात्रा बढी भयो भने मानिसलाई युरिक एसिडको समस्याले सताउने गर्छ । यस समस्याले सताउँदा जोर्नीहरूमा घोच्ने र दुख्ने जस्ता समस्या हुने गर्छ । यस समयमा खानपानमा लापरवाही गर्यो भने झन् बढी समस्या आउने गर्छ । हामीले प्रोटिन बढी पाइने खानेकुराहरु खानु हुदैन । प्रोटिनले हाम्रो शरीरमा युरिक एसिड बनाउन मद्दत गर्ने भएकाले यस्ता खाना देखि जतिसक्दो टाढा रहनुपर्छ ।
युरिक एसिड भएको समयमा खानुपर्ने खानेकुराहरु यस प्रकार छन् :
पानी पिउने
रगतमा यूरिक एसिडको मात्रा निर्जलताको कारणले पनि बढ्ने गर्छ । बढेको यूरिक एसिडलाई पिसावद्वारा बाहिर निकाल्न रोगीले दैनिक चार पाँच लीटर पानी पिउन आवश्यक छ । पानी पिउँदा एकैचोटीमा धेरै नपिएर थोरै-थोरै गरेर पिउनु पर्छ । दिउसो घण्टा घण्टाको अन्तरालमा २/२ गिलास पानी पिउनुपर्छ । मिर्गौला विकृत भएर यूरिक एसिड बढेको भए धेरै पानी पिउन हुदैन ।
चेरी
प्रतिदिन चेरी खानाले यो रोगमा निकै लाभ पुर्याउँछ । चेरीमा एन्थोसाइन भन्ने तत्व हुन्छ । यसले यूरिक एसिडलाई न्यूट्रलाइज गर्नुका साथै एसिडको क्रिष्टल बन्न नदिएर वाथ हुनबाट बचाउँछ । दैनिक २० देखी ३० चेरी खाने गरेमा रगतमा यूरिक एसिड नियन्त्रण गरी प्रतिरोधात्मकता बढाउँछ भने रोग भएका हरुले हरेक ४/४ घण्टामा ३०/४० चेरी खाँदा रोग नियन्त्रणमा प्रत्यक्ष फाइदा पुर्याउँछ ।
स्याउ
दैनिक एउटा स्याउको सेवन यो रोगका लागि उत्तम मानिन्छ । स्याउमा म्यालिक एसिड भन्ने तत्व पाइन्छ । जसले यूरिक एसिडलाई न्यूट्रलाइजेसन गर्नुका साथै वाथ प्रकोप कम गर्छ ।
अमिला फलफूल
अमिला फलफूलमा सीट्रक एसिड पाइन्छ । जसले यूरिक एसिडलाई निश्तेज गर्न सहयोग गर्छ ।
फाइवर्स फूड
चोकर रेशा र चोकर युक्त खस्रा मोटा र सग्ला खाद्यको प्रयोगले रगतमा युरिक एसिडको मात्रा कम गर्न मद्दत गर्छ । हरिया तथा क्षारीय सागसब्जी , खस्रामोटा अन्न र फलफूलमा भएका रेशाहरुले युरिक एसिड अवशोषण गर्न र यसलाई पिसावबाट बाहिर निकाल्न सहयोग गर्छ । ज्वानाको झोलको सेवनले पनि यूरिक एसिड समनमा मद्दत पुर्याउँछ ।
आलसको तेल
आलसको ओमेगा ३ को श्रोत हो । यसले यूरिक एसिड कम गर्दछ ।