०४ जेठ २०७५, काठमाडौँ
नवगठित नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा भित्र दुइटा अध्यक्ष भएकोमा आश्चर्य मान्ने र प्रश्न तेर्साउने अन्य पार्टीलाई संकेत गर्दै जेट चलाउनु भनेको ट्याम्पु चलाए जस्तो हैन जेटमा दुइटै पाइलट हुन्छ भनेर व्यङ्गय गरेका छन् ।
राजधानीको राष्ट्रिय सभा गृहमा हिजो भएको एमाले माओवादी एकता कार्यक्रममा बोल्दै ओलीले अब अरु पार्टी जस्तो आफ्नो पार्टी एक जनाले नै हाक्ने ट्याम्पो जस्तो नरहेको किनकी यो अब एक विशाल जेट बनिसकेको हुँदा यति ठूलो जेट विमान चलाउन दुइटै पाईलट हुने जनाएका हुन् ।
ड्राइभर गाडिमा ड्राइभरको सिटमा बसेपनी गुड्ने त चक्काले नै हो म त ड्राइभरको सिटमा मात्रै थिए गुडाउनु भएको त तपाइहरुले नै हो भन्दै ओलीले पार्टी एकता हुनुमा कर्याकर्ताहरुको ठूलो हात रहेको भन्दै प्रशंसा गरे ।
पार्टी एक भएको कुरालाई जोड्दै ओलीले भने-‘हामी दुइटै पार्टीले चाहेर एउटा भएको हो । मैले नचाहेको भए पनि सम्भब थिएन अनि प्रचण्ड जीले नचाहेको भए पनि सम्भब थिएन। एक्लै एकता हुदैन !’
हिजो छुट्टाछुट्टै भएको पार्टी अब एक भएको छ ताकि अब यो इन्द्रमहासागर भएको छ । अब एक भइसकेको पार्टीमा हिजोको पार्टी खोजेर पाहिन्न किनकी इन्द्र महासागरमा गएर कोशीको र महाकालीको पानी खोज्न थालियो भने भेटिन्न । हिजो प्रचण्ड अर्को पार्टीको नेता हुनुहुन्थ्यो अब हुनुहुन्न।
ओलीले हास्दै भने, हिजो मैले एक कार्यक्रममा प्रचण्डलाई अब पार्टी एक हुँदा तपाईको पार्टी पनि सिद्धिने भयो तपाईंको अध्यक्ष पद पनि सिद्धिने भयो भनेको उहाँले पनि भन्नुभयो अनि तपाईंको एमाले र तपाईंको अध्यक्ष पद नी ? मैले पनि यहि उत्तर चाहेको थिए । हस्यौली पारामा भने ।
हिजो कम्युनिष्टहरु जुट्न जान्दैनन फुट्न मात्रै जान्दछन् भन्नेहरुले हेरे हुन्छ कम्युनिष्टहरु फुट्न हैन जुट्न जानेका छन् ओलीले भने ।
ओलीले हास्दै भने, हिजो हामी मिडियामा प्रचार नगरी भित्री तयारी गरिरहँदा एमाले र माओवादीको एकता बिफल भयो, नहुने भयो भन्नेहरुले बुझे हुन्छ फल फल्ने बेलामा स्याउको सबै पात झर्छ त्यस्तै भएका थियौ त्यो तिनीहरुले बुझेनन् । अब कम्युनिष्ट पार्टीमा कहिल्यै चिसो मौसम नआउने भन्दै उनले भने There is no Winter Season in Communist Party.
ओलीले भने अब सबै कुरा हाम्रो हातमा छ । स्थानिय तह, प्रदेश तथा केन्द्र स्पष्ट बहुमत सहित हाम्रै छ । कहाँ कसरी बिकास गर्ने त्यो हाम्रो हातमा छ त्यसैले अब सहि निष्कर्षका साथ राष्ट्र निर्माणमा लाग्ने अठोट गरेका छौं ।
एकतासँगै यतिबेला नेकपा एसियाकै तेस्रो र दक्षिण एसियाको पहिलो कम्युनिष्ट पार्टी बनेको छ ।