५ जेठ २०७५, क्वालालम्पुर
सिङगापुरका प्रधानमन्त्री लि हसेन लुङले र मलेसियाका नवनिर्वाचित प्रधानमन्त्री महाथिर मोहमदबीच शनिबार भेटवार्ता गरेका छन् ।
लिको मलेसियाका पूर्वप्रधानमन्त्री नाजिब रजाकसँग सुमधुर सम्वन्ध रहेको थियो । दुई देशको दुई पक्षीय फाइदाका लागि मिलेर काम गर्न चाहेको लिले महाथिरसँग बताएका थिए ।
दुई पक्षीय वार्ता झण्डै ३० मिनेट चलेको प्रधानमन्त्री महाथिरले आफ्नो ट्वीटर एकाउन्टमा लेखेका छन् । उनीहरुबीचमा दुई पक्षीय सम्वन्धका साथै क्वालालम्पुरदेखि सिङगापुरसम्मको तिव्रगतिको रेलसेवाका बारेमा समेत कुराकानी भएको बताइएको छ ।
प्रधानमन्त्रीसँगको भेटवार्तापछि लिले मलेसियाका अर्का प्रभावशाली नेता अन्बार इब्राहिम र उनकी श्रीमती तथा उपप्रधानमन्त्री वान अजिज वान इस्माइलसँग पुत्राजयामा भेटवार्ता गरेका थिए ।