बालुवाटारभित्रै प्रवेश गरेर ओलीको सातो लिए रावलले



७ जेष्ठ २०७५, काठमाडौं

नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य भीम रावलले पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीसँग गम्भीर असहमति जनाएका छन् । एमाले–माओवादी केन्द्रबीचको पार्टी एकतालाई नरुचाएका उनले बालुवाटार पुगेर ओलीलाई असहमति जनाएका हुन् ।

आइतबार अपरान्ह ४ बजे आकस्मिक रुपमा ओलीलाई भेट्न बालुवाटार पुगेका रावलले ओलीलाई भेटि खुल्लमखुल्ला चुनौती दिँदै निर्णयहरूमा सुधार नभए जे पनि हुन सक्ने भन्दै चेतावनी दिएका छन् ।

अध्यक्ष ओलीले आफूहरूसँग कुनै परामर्श नगरी निर्णय गरेको, पारदर्शिता नदेखाएको र पाखा लगाउने काम गरेको भन्दै रावलले असन्तुष्टि जनाएका हुन् । ‘उहाँले अध्यक्षलाई भेटी आफूहरू जस्तो पनि कदम चाल्न सक्ने चेतावनी दिनुभयो’, स्रोतले जनाएको छ । भेटमा रावलले ओलीसँगै नेकपाका दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव नेपालसँग पनि छलफल गरेका थिए ।

। पार्टीमा पर्याप्त छलफल नगरी माओवादी केन्द्रसँग पार्टी एकता गरेको तथा आफूसहितका प्रभावशाली नेताहरूलाई स्थायी समिति सदस्यमा मात्र सीमित गरेको आरोप नेता रावलले लगाएका छन् । उनीहरूले रावलको उठाएको विषयलाई सम्बोधन गर्ने आश्वासन दिएको स्रोतको भनाइ छ

आफूहरूसँग ४० जना मनोनीत केन्द्रीय सदस्यमा चयनमा कुनै छलफल नगरेको भन्दै रावलले आफ्ना मानिसहरूलाई ओलीले पाखा लगाएको आरोप लगाएका छन् । उनले सरकारबाट गरिने राजनीतिक नियुक्तिमा पनि बाइपास गरेको गुनासो गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्