मदन भण्डारी राजमार्ग बनाउने ओली सरकारको घोषणा



०७ जेठ २०७५, काठमाडौँ

झापाको शान्तिनगरदेखि डडेलधुराको रुपालसम्म जोड्ने गरी सरकारले १२ सय किलोमिटर मदन भण्डारी राजमार्ग निर्माण गर्ने भएको छ ।

चुरे तथा भित्री मधेशको उपत्यका जोड्ने गरी मदन भण्डारी राजमार्गको नाममा निर्माण प्रस्ताव गरिएको यो राजमार्ग झापाको शान्तिनगरदेखि धरान, चतरा, गाईघाट, कटारी, सिन्धुलीमाडी, हेटौडा, गैंडाकोट, रामपुर, राम्दी, रिडी, तम्घास, सिमलटारी, प्युठान, तुल्सीपुर, बोटेचौर, सुर्खेत, बर्दीचौर, सिमचौर, विपीनगर, सहजपुर, बुडर, जोगबुढा र रुपालसम्म पुग्नेछ ।

भौतिक योजना तथा पूर्वाधार मन्त्रालयले गरेको राजमार्ग बनाउने प्रस्ताव आइतबार बेलुकी बसेको मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको हो ।

प्रतिक्रिया दिनुहोस्