७ जेष्ठ २०७५, काठमाडौं
प्रधानमन्त्री कप क्रिकेट छनोटका लागि प्रदेश नम्बर ३ अन्तर्गत काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला भित्रको छनौट सुरु हुने भएको छ । जेष्ठ ८ गतेबाट छनौट सुरु हुने भएको छ ।
जिल्ला खेलकुद समिति काठमाडौंका अध्यक्ष धुर्वराज न्यौपानेका अनुसार छनोटकोलागी तिनै जिल्लाका इच्छुक खेलाडीहरुले जेष्ठ ८ गते बिहान ८ बजे सम्ममा त्रि. वि. क्रीकेट मैदानमा आएर ट्रायल चरणमा भाग लिन सक्नेछन् । ट्रायल चरणबाट छनोट भएका खेलाडीहरुको लागि पुनः जेष्ठ ९ र १० गते प्रतियोगिता आयोजना हुने बुझिएको छ ।
ट्रायल छनौटमा भाग लिन आउने खेलाडीहरुले नेपाली नागरिकता समेत लिएर आउनुपर्ने न्यौपानेले बताए । यदि कुनैपनि खेलाडी १६ वर्ष मुनिका भएमा जन्म दर्ताको सक्कल प्रमाण पत्र अनिवार्य रुपमा लिएर आउनुपर्ने बताए ।