जिम्बाबेका राष्ट्रपतिद्धारा निर्वाचन घोषणाको तयारी



०७ जेठ २०७५, जिम्बाबे

जिम्बाबेका राष्ट्रपति इमर्सन मनाङग्वाले मे महिनाको अन्त्यतिर आम निर्वाचन घोषणा गर्ने भएका छन् ।

जिम्बाबेको संविधानअनुसार जुलाई २१ देखि अगस्ट २१ भित्रमा निर्वाचन गर्नुपर्ने प्रावधान रहेको छ । सोही मितिमा निर्वाचन गर्नेगरी उनले यही मे महिनाको अन्त्यतिर निर्वाचनको घोषणा गर्ने भएका छन् ।

जिम्बाबेको संसदले गत हप्ता निर्वाचन सम्वन्धी विधेयक संशोधन सहित पारित गरेको समाचारमा जनाइएको छ । उक्त विधेयक अहिले कानुनका लागि राष्ट्रपतिसमक्ष पुगेको छ ।

विधेयकमा पहिलो पटक विद्युतीय उपकरणमार्फत नामावली दर्तागर्ने व्यवस्था उल्लेख गरिएको अधिकारीहरुले जनाएका छन् । राष्ट्रपति मनाङग्वाले गत नोभेम्बरमा पूर्व राष्ट्रपति रोबर्ट मुगावेको बहिर्गमनपछि राष्ट्रपतिको जिम्मेबारी सम्हालेका हुन् ।

मुटारेमा आयोजित एक कार्यक्रमलाई सम्वोधन गर्दै उनले आगामी निर्वाचनमा आफ्नो पार्टी अझ बलियो हुने दावी पनि गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्