०७ जेठ २०७५, धनगढी
प्रदेश नं ७ को सरकारले जनताका गुनासोलाई सम्बोधन गर्न आजदेखि ‘हेलो सिएम’ कार्यक्रम शुरु गरेको छ । मन्त्रिपरिषद्को कार्यालय धनगढीमा अयोजित कार्यक्रममा मुख्यमन्त्री त्रिलोचन भट्टले ‘हेलो सिएम’ कार्यक्रमको औपचारिक शुभारम्भ गरेका थिए ।
जनगुनासोको सुनुवाइ गर्दै जनतालाई सरकारसँग जोडेर सुशासनको अनुभूति गराउन कार्यक्रम कार्यान्वयनमा ल्याइएको बताएका थिए । कार्यक्रमलगत्तै टेलिफोनमार्फत आएको गुनासोको सुनुवाइ गर्दै मुख्यमन्त्री भट्टले धनगढीमा ट्राफिक व्यवस्थापनका लागि पहल गर्ने आश्वासन दिएका थिए ।